Amargadhi Post

इनिसा बिकका हत्यारामाथी अबिलम्ब कारबाही हुनुपर्ने भन्दै डडेल्धुराका बिद्यार्थिहरुद्धारा प्रर्दशन

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत २ गते । सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको बिरोधमा डडेल्धुराका बिद्यार्थिहरुले सदरमुकाममा बिरोध प्रर्दशन गरेका छन । सोमबार दिउसो डडेल्धुरा शिक्षा क्याम्पसका बिद्यार्थिहले इनिशा बिकको बलत्कारपछि हत्या भएको भन्दै दोशी उपर कानुनी कारबाहीको माग राख्दै बिरोध र्याली निकाल्दै जिल्ला प्रशासन मार्फत सम्माननिय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको र त्यसमा संलग्न दोषीहरू अहिलेसम्म पत्ता लाग्न नसकेको घटना बिर्सिन नसकिरहेको नेपाली समाजका लागि इनिसाको घटनाले फेरि झस्काइदिएको छ ।
सुर्खेतको बिरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विक स्थानीय उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थि थिईन । डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराका स्वयबियु सभापति गौरब ऐरको नेतृत्वमा निकालिएको बिरोध रयालीले ईनिशालाई न्याय दे,बलत्कारीलाई फासी दे ,हत्यारालाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर भन्दैं प्रर्दशन गरेका छन ।
शनिबार बिहान ६ बजे इनिसा ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्केको केही समयपछि मृत फेला परेको घटनाले बालबालिका सुरक्षित नरहेको भन्दै बिद्यार्थिहरु प्रर्दशनमा उत्रिनु परेको गौरबले बताउनुभयो ।
८ बजेसम्म फर्किन्छु भनेकी छोरी ९ बजेसम्म नआएपछि खोजी कार्य गर्दा इनिसा सहिद पार्कको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिईन । सहिद पार्क पुग्दा इनिसाको शरीर नग्न, रक्ताम्मे र बेहोस अवस्थामा फेला परेको घटना सामान्य होईन हत्यारालाई फासीदिनुपर्छ हाम्रो माग हो स्वबियु सभापति ऐरले आक्रोशित हुदै भने । घटनाबारे प्रहरी अनुसन्धानमा ढिलाई भईरहेको भन्दै आन्दोलित बिद्यार्थिहरुले सदरमुकाम डडेल्धुरामा प्रर्दशन गर्दे प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन । ्


इनिसा विकको पृष्ठभूमि के हो ?

वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विक स्थानीय उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन्। इनिसाका बाबु इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन्। वीरेन्द्रनगर–६ स्थित एकतले घरमा इनिसा आमा र भाइसँग बस्दै आइरहेकी थिइन्। गाउँमा घर भए पनि आमा तिला छोराछोरीलाई पढाउन सजिलो होला भनेर पाँच वर्षदेखि यहाँ बस्दै आएकी थिइन्। छोरीको हत्या भएको खबर पाएपछि बाबु इन्द्रबहादुर दुबईबाट भारत हुँदै सुर्खेत आइसकेका छन् ।
उनको बलात्कारपछि हत्याको घटना कसरी भयो ?
शनिबार बिहान ६ बजेको कुरा हो। इनिसा ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्केकी थिइन्। अघिल्लो दिन नै उनी आमा तिलासँग गुर्भाकोटस्थित गाउँ जाने योजना थियो। इनिसाले पढेर १–२ घण्टामै फर्किने र गाउँ जाने योजना घरमै बनेको थियो। ८ बजेसम्म फर्किन्छु भनेकी छोरी ९ बजेसम्म नआएपछि तिलाले छोरीलाई फोन गरिन्। तर उनको फोन अफ थियो। केही बेरमा उनलाई नचिनेको नम्बरबाट फोन आयो—इनिसा सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन् भनेर। उनी हतारिँदै सहिद पार्क पुग्दा इनिसाको शरीर नग्न, रक्ताम्मे र बेहोस अवस्थामा थियो। उनी पुग्दा प्रहरी पनि घटनास्थल पुगिसकेको थियो। ‘शरीर पूरै रक्ताम्मे थियो, कपाल लुछिएको थियो, वरिपरि घाँस मडारिएको थियो,’ उनले भनिन्, ‘नग्न भएकाले शरीर कालो ज्याकेटले छोपिएको थियो । त्यो हेर्न नसकी म त्यहीं बेहोस भएछु ।
घटनाबारे प्रहरी अनुसन्धान कहाँ पुगेको छ ?
त्यस दिन बिहान प्रहरीलाई करिब ९ः१५ बजेतिर घटनाबारे खबर पुगेको थियो। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयले हतार–हतार झन्डै १० मिनेट दूरीमा रहेको प्रदेश अस्पताल पु¥याए। तर उपचार सुरु नहुँदै डाक्टरले मृत घोषणा गरे। प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ । पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएकाले अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यले बताए। विशेषज्ञ चिकित्सकको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा इनिसाको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तस्राव भई भएको पुष्टि गरेको छ ।


यो घटनामा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छन ?
यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो। प्रहरीले आइतबार थप तीन जनालाई पक्राउ गर्यो। आइतबार पक्राउ परेका तीनै जना नाबालक (१८ वर्षमुनिका) हुन्। परिवारले चार जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी उजुरी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय किशोरले बयानका क्रममा किशोरीसँग शारीरिक सम्पर्क गर्दा अत्यधिक रक्तस्राव भएको बताएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।