Amargadhi Post

प्रदेश सरकार गठनबारे ओली र दाहालको ५ बुँदे निर्देशन

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन,२६ गते । प्रदेश सरकार पुनर्गठनमा ढिलाइ भएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारलाई पूर्णता दिन ५ बुँदे सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले लिखित निर्देशन जारी गरी सरकार र मन्त्रालय बाँडफाँडको आधार, मन्त्रालयको छनोट गर्ने क्रम, संघीयता प्रवर्द्धन, प्रदेशमा राजनीतिक स्थिरता र यी काम गर्न आपसी समझदारी गर्न निर्देशन दिएका छन् ।

दलको सिट संख्याका आधारमा सरकार गठनको मुख्य आधार मानिएको छ । त्यस्तै, प्रदेश सदस्यहरुको संख्याको आधारमा मन्त्रालय पाउने र मुख्यमन्त्री र सभाुमखको जिम्मेवारीलाई सन्तुलनमा पनि गणना गरिने निर्देशनमा उल्लेख छ । त्यस्तै, मन्त्रालयको विभाजन गर्दा मन्त्रालय बाँडफाँट गर्दा पालैपालो प्राथमिकतामा दिइने, पहिलो मन्त्रालय मुख्यमन्त्री नभएको दलले लिने, दोस्रो मुख्यमन्त्री भएको दलले लिने र अरु मन्त्रालय क्रमसँगै पालैपालो लिने सहमति भएको छ । दुई दल बहुमत नपुग्दा तेस्रो दललाई सहमतिमा लिएर मन्त्रालय दिने निर्देशन ओली र दाहालले गरेका छन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।