अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन,२९ गते । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट सहित चार मन्त्रीले शपथ ग्रहण गरेका छन । मुख्यमन्त्री भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेकपा एमालेका चार जनालाई मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख मियाँले पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्मा सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्ललाई आर्थिक मामिला मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरि जानकी ऐर बमलाई आर्थिक मामिला राज्यमन्त्री नियुक्त गरिएको छ ।



