Amargadhi Post

भोली डडेल्धुरा जिल्ला सभा : उद्घाटनका लागी मुख्यमन्त्री भट्ट डडेल्धुरा आउनुहुदै

लक्ष्मी ऐर 
डडेल्धुरा भदौं १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट गृह जिल्ला डडेल्धुरा आउन लाग्नु भएको छ । भोली बुधबार डडेल्धुरा जिल्लाको बार्षिक जिल्ला सभाको उद्घाटनका लागी मुख्यमन्त्री भट्ट मंगलबार साझ डडेल्धुरा आउने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री भट्ट गृह जिल्ला पुगेर बिभिन्न कार्यक्रममा सहभागी हुने जनाएको छ ।
मुख्यमन्त्री भट्टले बिहान १७ गते ७ : ३० बजे पत्रकार सम्मेलन,उद्योगी ब्याबसायीहरु संगको अर्न्तक्रिया कार्यक्रमम ८ : ०० बजे जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरु संगको अर्न्तक्रिया कार्यक्रम बिहान ९ः०० बजे र जिल्ला समन्वय समिति डडेल्धुराको बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन १० : ०० बजे कार्यक्रम हुने मुख्यमन्त्रीको स्वकिय सचिब शंकरबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी १२ः३० बजेदेखि स्थानीय नागरिक अगुवा, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट तथा अर्न्तक्रिया कार्यक्रम गरि बिभिन्न कार्यक्रममा सहभागी हुने जनाएको छ । मुख्यमन्त्री भट्टको डडेल्धुरा आगमन संर्गै बिभिन्न कार्यक्रममा सहभागी भएर जिल्लाका समग्र बिकासका लागी छलफल गरिने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।