Amargadhi Post

‘गृह जिल्ला डडेल्धुरामा मुख्यमन्त्री भट्ट, के के छन कार्यक्रम ?

लक्ष्मी ऐर
डडेल्धुरा भदौं १७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट आफ्‌नो गृह जिल्ला डडेल्धुरा पुग्नु भएको छ । उहाँ मुख्यमन्त्री भएपछि पहिलो पटक आफ्‌नो गृह जिल्ला मंगलबार साँझ आईपुग्नु भएको हो । देश बाढीपहिरोले आक्रान्त भएको बेला मुख्यमन्त्री किन गृह जिल्लामा भ्रमणमा निष्कनु भएको छ ? के के छन कार्यक्रम कहा कहा सहभागी हुदैछन त भन्ने बिषयमा उहाँको सचिबालयले कार्यक्रमको कार्यतालिका सार्बजनिक गरेको छ । मुख्यमन्त्री भट्टले डडेल्धुरा जिल्लाको जिल्ला सभाको बुधबार १० : ०० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 मुख्यमन्त्री भट्टले बुधबार बिहान ७ : ३० बजे पत्रकार सम्मेलन मार्फत प्रदेश सरकारका आगामी योजना र प्रदेश सरकारले गरिरहेका कामहरुका बिषयमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ । यसैगरी ८ : ०० बजे डडेल्धुराका उद्योगी ब्याबसायीहरुका बिचमा अर्न्तक्रिया कार्यक्रम छ । यसैगरी ९ : ०० बजे डडेल्धुरा स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरु संग भेटघाट तथा अर्न्तक्रिया कार्यक्रमको  तय गरिएको जनाएको छ । यसैगरी जिल्ला समन्वय समिति डडेल्धुराले आयोजना गर्न लागेको जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन १० : ०० गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकिय सचिब शंकरबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

 यसैगरी १२ः३० बजेदेखि स्थानीय नागरिक अगुवा, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट तथा अर्न्तकृया कार्यक्रममा सहभागी हुन लाग्नु भएको छ । जिल्लाका बिभिन्न कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री भट्ट बुधबार नै प्रदेश राजधानी धनगढी जाने कार्यक्रम रहेको बताईएको छ । मुख्यमन्त्री भट्ट डडेल्धुराको निर्बाचन क्षेत्र नं क बाट प्रत्यक्ष निर्बाचित प्रदेश सभा सदश्य हुन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।