लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक ०१ गते । दसैं नजिकिँदै गर्दा गाउँघरमा बाँसको लिंगो गाड्ने र बाबियोको लठ्ठा बाटेर पिङ हाल्ने सस्कृतीको जर्गेना भईरहेको छ ।
दशैका लागी छिमेकी जिल्ला र अन्य देशहरुमा रोजगारीका लागी गएका नेपाली युबा युबतीहरु घर फर्किन थालेपछि गाउघरमा रौनकता बढेको छ ।
दशै मनाउनका लागी घर फर्किनेहरुको ताँती लागेपछि अहिले गाउघरमा दशैको रौनकता बढ्नुका साथै बिगत लामो समय देखि प्रचलनमा आउदै गरेको पिङ,देउसी भैलो र बिभिन्न खेलकुद र साँस्कृतिक कार्यक्रमहरु हुन लागेछन ।
डडेल्धुराका ग्रामीण बस्तीमा पिङ हाल्दै बालबालिकाहरु झुमिएका छन भने सदरमुकाम डडेल्धुराको टुडीखेल र उग्रतारा मन्दिर परिषर बाहिर पिङ राखिएको छ ।
चाडपर्वका बेला बालबालिकाले रमाइलो गर्न सकून् भन्ने उद्देश्यले स्थानीय मिलेर बनाएको पिङले परम्परालाई निरन्तरता दिने प्रयास गरेको छ ।
अमरगढी नगरपालिका–५ की लक्ष्मीदेवी बोहराले पहिलेको दसैं सम्झिँदा अहिलेको अवस्थासँग तुलना गर्न नमिल्ने बताउनुभयो । दसैं आउनुअघि साथीसँगी मिलेर बाबियो लिन जाने र पिङ बनाउने चलन थियो । पिङ बनाउन र खेल्न गाउँका मानिसमा छुट्टै उत्साह हुन्थ्यो । अहिले भने त्यस्तो चलन क्रमश घट्दै गएको आभास हुने गरेको बताइ्र्रएको छ ।
पिङ खेल्न पालो कुर्ने, साथीभाइसँग प्रतिस्पर्धा गर्ने र लामो समयसम्म रमाइलो गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताले त्यही परम्परालाई निरन्तरता दिन कम चासो देखाउन थालेको स्थानीय बताउँछन् । दसैंमा पिङ खेल्ने चलनसँग एउटा पुरानो मान्यता पनि जोडिएको छ । वर्षमा एकपटक भए पनि धर्ती छोड्नुपर्छ । यही मान्यताका कारण दसैंका बेला पिङ खेल्न मानिसहरू उत्साहित हुन्थे । पिङ खेल्न पालो कुर्ने, साथीभाइसँग प्रतिस्पर्धा गर्ने र लामो समयसम्म रमाइलो गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताले त्यही परम्परालाई निरन्तरता दिन कम चासो देखाउन थालेको स्थानीय बताउँछन् ।
पिङ संस्कृति कमजोर हुनुमा बदलिँदो जीवनशैली र मनोरञ्जनका माध्यममा आएको परिवर्तनलाई पनि स्थानीयले जोड्ने गरेका छन् । पहिले फुर्सदको समयमा सार्वजनिक स्थलमा भेला भएर रमाइलो गर्ने चलन थियो । अहिले मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल सामग्रीले मनोरञ्जनका नयाँ विकल्प दिएका छन्। यसले मानिसको समय बिताउने तरिका परिवर्तन गरेको छ । प्रविधिको प्रयोग आफैंमा समस्या नभए पनि त्यससँगै सामूहिक रूपमा मनाइने चाडपर्वका गतिविधिप्रतिको चासो घट्नुले पुराना परम्परा प्रभावित भएका छन् ।


