Amargadhi Post

कोरोना प्रकोप ः ४ लाख बढी स‌ंक्रमित, करिब १९ हजारको मृत्यु

इटालीमा मात्रै ६,८२० को मृत्यु

0 284

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,चैत्र,१२ गते । कोरोना भाइरस९कोभिड–१९ं को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को संक्रमणबाट ७ सय ४३ जनाको मृत्यु भएको छ ।

यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो। सोमबार भने इटालीमा ६ सय २ जनाको मृत्यु भएको थियो।

बुधबार बिहानसम्म इटालीका कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् । इटालीमा करिब ८ हजार संक्रमित निको भएका छन्।

त्यस्तै स्पेनमा पनि मंगलबार मात्रै थप ५ सयभन्दा बढीको मृत्यु भएको छ। बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या २ हजार ९ सय ९१ पुगेको छ। स्पेनमा संक्रमितको संख्या ४२ हजार ५८ रहेको छ भने ३ हजार ७ सयभन्दा बढी निको भएका छन्। त्यस्तै संक्रमणको हिसाबले चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको अमेरिकामा बुधबार बिहानसम्म ७ सय ८२ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५४ हजार ८ सय ६७ पुगेको छ।

चीनमा भने पछिल्लो समय कोभिड–१९ को प्रकोप कम हुँदै गइरहेको छ। मंगलबार चीनमा थप ४ जनाको मात्रै मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यस्तै मंगलबार थप ४७ जनामा भाइरसको संक्रमण देखिएको छ। बुधबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८१ पुगेको छ। ८१ हजार २ सय १८ मध्ये ७३ हजार ६ सय ५० जना निको भएको पनि आयोगले जानकारी दिएको छ।
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड(१९ का कारण अहिलेसम्म १८ हजार ९ सय ७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै ४ लाख २२ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन्।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।