Amargadhi Post

टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक

अमरगढी रैबार सम्बाददाता
काठमाण्डौं,चैत्र,१७ गते । टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण एक वर्ष सरेको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको हो । उक्त घोषणा अन्तराष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि भएको हो।

नयाँ मिति अनुसार अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म संचालन हुने छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको थियो। यसअघि एक वर्षका लागि ओलम्पिक सार्न जापानी प्रधानमन्त्री सिञ्जो आवे लगायत विभिन्न राष्ट्रले अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई प्रस्ताव गरेका थिए ।

आधुनिक ओलम्पिक खेलकुदको सुरुआत ग्रिसबाट भएको हो। त्यसैले विश्वको जुनसुकै राष्ट्रमा ओलम्पिक आयोजना भए पनि ओलम्पिक ज्योति भने ग्रिसबाट ल्याउने प्रचलन छ। आयोजक राष्ट्र जापानले ओलम्पिक अभियानलाई निरन्तरता दिइरहँदा प्रतियोगितामा भाग लिने खेलाडीहरू भने त्रसित बनेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।