Amargadhi Post

कोरोनाविरुद्ध महासंघको दुई करोड सहयोग

काठमाडौं स् नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई०ले कोरोना संक्रमणमा राहतका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा एफएनसीसीआईकी अध्यक्ष भवानी राणासहितका प्रतिनिधिले नगद ५० लाखको चेक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रदान गर्दै दुई करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

सिंहदरबार छलफलमा अध्यक्ष राणासँगै शेखर गोल्छा, पशुपति मुरारका, उमेशलाल श्रेष्ठलगायतका व्यवसायी सहभागी थिए। एफएनसीसीआईले ५० लाख नगद र डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने अध्यक्ष राणाले जानकारी दिइन्। एक जनाको दरले पाँच किलो चामल सहयोग गर्ने प्रतिबद्धता आएको राणाले बताइन्। ’अहिले यति सहयोग दिएका छौं। त्यसलाई कसरी परिचालन गर्ने भन्ने तय भएको छौं ’, उनले भनिन्।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।