अमरगढि पोष्ट समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पु¥याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष २०८३र८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले आज ६० औँ मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो ।
गभर्नर डा पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र मुद्रास्फीति ५ दशमलव ५ प्रतिशतमा सीमित रहने बताउनुभयो ।
गभर्नर डा। पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाब नपर्ने रहेकोले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो ।
मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाइ गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने, कम भन्दा कम व्यक्ति कालोसूचीमा रहने नीति लिएको गभर्नर डा पौडेलले बताउनुभयो ।
यस्तै मौद्रिक नीतिमा रुग्ण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने, दबाबमा रहेका कर्जाको पुनःउत्थान गर्ने लगायतका उपकरणहरू प्रस्ताव गरिएको छ ।
जारी मौद्रिक नीतिबाट सर्वसाधारण निक्षेपकर्ता, ऋणी र बैङ्क तथा वित्तीय संस्था लगायत सबैको हित हुनेगरि नीतिगत सुधारमा जोड दिएको गभर्नर पौडेलले बताउनुभयो ।
