Amargadhi Post

पक्राउ गर्न खोज्दा प्रहरी भ्यानकै लुकिङ ग्लास फुटाइदिए जगदम्बाका सुलभ अग्रवालले

नारायण अधिकारी
काठमाण्डौं,चैत्र,२५ गते । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालले कोरोना महामारीको मौका छोपेर २० हजार थान थर्मल गन ९ज्वरो नाप्ने यन्त्र० ल्याएको भन्ने सूचना प्रहरीमा आयो। प्रहरीले उनका गतिविधि नियालेर मंगलबार उनलाई पक्राउ पनि गरेको छ।

ुथर्मल गन प्रतिगोटा १५ हजारका दरले बेच्दै कोलोबजारी गर्ने गरेको सूचना आएपछि एक सातादेखि अग्रवालका पछि लागेका थियौं,ु अनुसन्धानमा संलग्न एक अधिकारीले नेपाल लाइभसँग भने। त्यसपछि प्रहरी आफैं ग्राहक बनेर ती थर्मल गन किन्न खोजेको थियो।

एक सातासम्म अग्रवालले सुराकी हो कि वास्तविक ग्राहक हो भनेर भेरिफाइ गरेका थिए। उनको भेरिफाइले ग्राहक बनेका व्यक्ति वास्तवमा नै ग्राहक हो भन्ने निष्कर्षमा पुगेपछि मंगलबार प्रतिगोटा १५ हजार रुपैयाँका दरले १० लाख बराबरको थर्मल गन किन्ने सहमति भयो। भेट गर्ने स्थान उनै अग्रवालले तोके, नक्साल।

कुटनीतिक नियोगको २०९ एचसिसी १ नम्बरको गाडीमा ६७ वटा थर्मल गन बोकेर अग्रवाल नक्साल पुगे। उता महानगरीय प्रहरी अपराध महाशाखाका सादा पोसाकका प्रहरी ती सामान किन्न भनेर नक्साल पुगेका थिए। सँगै पछिपछि थियो प्रहरीको भ्यान। डिल थियो, प्रति गोटा १५ हजार। ५ हजार रुपैयाँ पनि नपर्ने ती थर्मल गन १५ हजार गोटा बेच्न लागेपछि प्रहरीले अग्रवाललाई समात्यो र भ्यानमा हाल्यो।

‘भ्यानमा हाल्ने बेला अग्रवालले प्रहरीमाथि हातपात गरे। अझ हाम्रै गाडीको लुकिङ ग्लाससमेत फुटाइदिए,’ अग्रवाललाई पक्राउ गर्न खटिएका एक उच्च अधिकारीले नेपाल लाइभसँग भने।

अपराध महाशाखालाई आएको सूचना अनुसार अग्रवालले चीनबाट २० हजार थान थर्मल गन ल्याएका थिए। पक्राउ परेका अग्रवाललाई सरकारी वकिलको कार्यालय मार्फत् जिल्ला प्रशासन कार्यालय बुझाइने महाशाखाले जनाएको छ।

‘भिआइपी भनेर हामी छाड्दैनौं। कानूनी प्रक्रिया पूरा गर्न प्रशासनसम्म पुर्‍याउँछौं। छाड्ने वा हिरासतमा राख्ने प्रशासनकै हातमा छ,’ महाशाखाका एक अनुसन्धान अधिकारीले भने।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।