Amargadhi Post

बैतडीको सिगासमा स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीको गर्धनमा मुक्का प्रहार

अमरगढी रैबार सम्बाददाता
बैतडी, भदौ २३ गते । बैतडीको सिगास गाउँपालिकामा कोरोना भाइरसको स्वाबको नमुना संकलन गर्न हिँडेका एकजना स्वास्थ्यकर्मीमाथि स्थानीयले गर्धनमा मुक्का प्रहार गरेर लुगाकपडा च्यातिदिएका छन् ।
सिगास गाउँपालिका ५, ढुङ्गाढ क्वारेन्टाईनमा बसेकाहरुको स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मी भूपेन्द्र बोहरामाथि सिगास–३, डुणैका मानसिंह बोहराले सोमबार साँझ ६ बजे मदिरा सेवन गरेर मुक्का प्रहार गरेका हुन् ।

मुक्का प्रहारबाट भूँईमा लडेका स्वास्थ्यकर्मी भूपेन्द्रले खुट्टामा चोट लागेको र लुगा च्यातिएको सौगात खबरलाई बताउनुभयो । ‘ढुङ्गाढमा स्वाब संकलन गर्न म घरबाट हिँडेको थिए । सिगास गाउँपालिका २ गाँजरीको बल्लेकाना आधारभूत स्वास्थ्यचौकीमा म काम गर्छु । एकैदिनमा हिँडेर ढुङ्गाढ नपुगिने भएकोले आधाबाटो बास बस्न म सिगास ३ डुणै पुगेको थिए, स्वास्थ्इकर्मी बोहराले भन्नुभयो ‘ बाटोमा भूमिराज आधारभूत विद्यालयमा १२÷१५ जना मान्छे जम्म्मा भएका थिए । कोरोना भाइरसको बेलामा धेरै भीड गर्नुराम्रो होईन भन्दा मानसिंह बोहरालो सिँधै आएर गर्धनमा हिर्काए ।”

स्वाब संकलन गर्न जाँदा बाटोमा कुटाई खाएपछि स्वास्थ्यकर्मी भूपेन्द्रले बाटोबाटै फर्केर भोली मंगलबार गाँजरी प्रहरी चौकीमा उजुरी दिने बताउनुभयो । स्वाब संकलन गर्न हिँडेका बोहराले पीपीई सेट र स्वास्थ्य उपकरण सुरक्षित रहेको बताउनुभएको छ । सिगास गाउँपालिका भरिका ९ वटा वडामा ल्याबतर्फ भूपेन्द्रसिहत जम्मा तीन जना मात्र स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

कोरोना भाइरसको यस्तो महामारीका बेला जोखिम मोलेर काम गर्दै आईरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा मनोवल गिरेको ढुङ्गाढ स्वास्थ्य चौकीका ईन्चार्ज हेमन्तसिंह साउदले बताउनुभयो । साउदले भन्नुभयो, हामी त भोली स्वाब संकलन गर्न आउने स्वास्थ्यकर्मीको प्रतीक्षामा थियौं । उहाँ बाटोमै कुटिएको खबर सुन्दा नरमाईलो लागेको छ । ढुङ्गाढमा भोली मंगलबार १२ जनाको स्वाब संकलन हुने कर्यक्रम रहेको थियो । सवस्थ्यकर्मी बाटोमै कुटिएपछि स्वाबसंकलनको काम रोकिने भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।