Amargadhi Post

पहिरोका कारण साँफेबगर–मार्तडी सडकखण्ड अवरुद्ध

अमरगढी रैबार सम्बाददाता
बाजुरा,असार,१ गते । पहिरोका कारण बाजुरा जाने मुख्य राजमार्ग साँफे–मार्तडी सडकखण्ड अवरुद्ध बनेको छ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सक्त सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

यस्तै जिल्लाकै मार्तडी–कोल्टी सडक शनिबारबाटै अवरुद्ध बनेको थियो। सडक अवरुद्ध हुँदा आवत जावतमा समस्या भइरहेको छ।

साँफे–मार्तडी सडकखण्ड अवरुद्ध हुँदा तराईबाट दैनिक उपभोग्यका साम्रगी लगेर गएका सवारी साधन रोकिएका छन्।

पहिरो गएको दुवैतर्फ डोजर रहेको तर लगातार भइरहेको वर्षाका कारण सडक खुलाउन समस्या भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।