गोकर्ण दयाल
बैतडी, असार १ गते । आर्थिक अभावका कारण चार वर्षदेखि प्रोटेस्टको अप्रेसन गर्न नसकेर भौतारिरहेका बैतडी सिगास गाउँपालिका– १ माणैका कमले धामीको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।
धामीका बारेमा निगरानी अनलाईले आईतबार समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशित भएको १२ घण्टा नबित्दै कमले दाइको अप्रेशनका लागि माया मेट्रो अस्पतालले निःशुुल्क अप्रेशन ९शल्यक्रिया० गर्ने जिम्मा लिएको हो ।
कमले दाइको अप्रेशनका लागि बरिष्ठ मुत्ररोग विशेषज्ञ सर्जन डा। नरेशमान श्रेष्ठ, बरिष्ठ ल्याप्रोस्कोपी तथा जनरल सर्जन डा। बिनय तिमिल्सिना, एनेस्थेसियोलोजिस्ट डा।मोहोन भट्टराई लगायतको टिमले शल्यक्रिया गर्ने
कमले दाइको प्रोटेस्टको अप्रेशनका लागि पत्रकार दीघराज उपाध्यायले पहलकदमी गर्नु भएको हो । ‘समाचार पढ्ने बित्तिकै अप्रेशनका लागि पहल थाले ’ पत्रकार उपाध्ययले भन्नुभयो, ‘ ह्युमानिटी फाउण्डेसन नेपालले धामीको उपचारका लागि गरेको आग्रह स्वीकार गर्दै माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’
लकडाउन खुल्ने बित्तिकै कमले दाइको अप्रेशनका लागि बरिष्ठ मुत्ररोग विशेषज्ञ सर्जन डा। नरेशमान श्रेष्ठ, बरिष्ठ ल्याप्रोस्कोपी तथा जनरल सर्जन डा। बिनय तिमिल्सिना, एनेस्थेसियोलोजिस्ट डा।मोहोन भट्टराई लगायतको टिमले शल्यक्रिया गर्ने बताएका छन् ।
आर्थिक अभावमा जिन्दगीका ६ दशक एउटा भोटो र कछाडमा बिताएका बैतडी सिगास गाउँपालिका– १ माणैका कमले धामी प्रोटेस्टको समस्या ९पिसाव थैलीमा मासु पलाएका० का कारण चार वर्षदेखि पाईपद्धारा पिसाव निकालेर शरीरमा प्लाष्टिकको थैलो बोकेर बाँचिरहेका छन् ।
चार वर्षअघि पिसाव बन्द भएपछि डडेल्धुरा अस्पताल पुगेका धामीलाई चिकित्सकले अप्रेसन गर्न सुझाव दिएका थिए । त्यहाँ अप्रेसन संभव थिएन । नेपालगञ्ज वा अन्यत्र उपचारका लागि जान उनीसंग पैसा थिएन । जिन्दगीमा दोस्रो जोर लुगा किन्न नसकेका धामीका लागि प्रोटेष्टको अप्र्रेसनका लागि पैसा जुटाउनु असंभव थियो ।
चिकित्सकले पाईपद्धारा पिसाव प्लाष्टिकसम्म आउने व्यवस्था गरिदिए । त्यसयता उनी जिउमा प्लाष्टिकको थैली बोकेर बाँचिरहेका छन् ।
