Amargadhi Post

बाजुरामा भोलि देखि निषेधाज्ञा खुकुलो पारिने

राजेन्द्र बिक
बाजुरा,असार,७ गते । बाजुरामा असार ८ गते देखि निषेधाज्ञा खुकुलो पारिने भएको छ । आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० को बैठकले बिहान ६ देखि अपराह्न ६ बजेसम्म पसल तथा बजार खोल्न दिने निर्णय गरेको हो।

जिल्लामा कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएपछि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनु भयो।

अब मङ्गलवारबाट होटल, मदिरा र सैलुन बाहेकका पसलहरू खुला राख्न पाइने छ। जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न पाइने छ भने सरकारी तथा गैरसरकारी कार्यालयहरूले भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न सक्ने निर्णय समेत गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

हाल बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ४ जना रहेकोमा निको हुनेको सङ्ख्या ५ सय ५२ र सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ४२ रहेको छ ।सङ्क्रमितको सङ्ख्या दिनहुँ ओरालो लागेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनु भएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।