अमरगढी रैबार सम्बाददाता
बैतडि, असार १२ । बैतडिको सुर्नया गाउँपालिकाको वडा नं दुइमा दुई सय रुख काटिएका छन । वडा नं २ को सिद्वनाथ सामुदायिक वनमा गई २०० रुख तथा वोटहरु काटि विद्यालयको भवनका टेका वनाएको वनका अध्यक्ष दानवहादुर विस्टले बताए । रातीको समयमा करिव १२, १४ जनाले सो रुख काटेको हुन सक्ने उनको भनाइ छ । मध्यरातमा काठतस्करि गर्ने जो कसैलाई पनि कडा कारवाहि हुनु पर्ने भन्दै सिद्वनाथ सामुदायिक वनका उपभोक्ताले माग गरेका छन ।
