Amargadhi Post

राष्ट्रघाती एमसिसि सम्झौता गरिए मुलुक फेरी मुटभेटमा ः पुन

डडेल्धुरामा एमसिसि बिरुद्धको प्रर्दशन

मानबहादुर साउद
डडेल्धुरा,फागुन,१५ गते । डडेल्धुरामा एमसिसि बिरुद्ध आज आईतबार सात दलिय गठबन्धनले बिरोध प्रर्दशन गरेको छ । नेकपा माओबादी,(बिप्लब),राष्ट्रिय जनमोर्चा,नेकपा मसाल,नेपाली काँग्रेस (बिपी) लगायतका सात दलिय गठबन्धनले डडेल्धुराको तुफानडाडा देखि बागबजार परिक्रम गर्दे बसपार्कमा बिरोधसभाको आयोजना गरेको छ ।


नेकपा माओबादी (बिप्लब) केन्द्रीय सदश्य एबम सुदुरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुनले एमसिसि कुनै पनि हालतमा नेपाल र नेपालीको हितमा नरहेकाले यो सम्झौता तत्काल अघि नबढाउन जोड दिनुभयो । अमेरिका सरकारले अनुदानका नाममा स्वतन्त्र रहेको मुलुकलाई बन्धक बनाउने र राष्ट्रिय स्वाधिनतामाथी ठाडो हस्तक्षेप भएकाले यसले दरगामी परिणाम नराम्रो आउने चेतावनी समेत पुनले दिनुभयो । संसदबाट राष्ट्रघाती एमसिसि सम्झौता पास गरिए मुलुक दुर्घटना तर्फ जाने भन्दै नेता पुनले मुलुकलाई गृहयुद्ध तर्फ नधकेल्न सत्तासिन गठबन्धनको सरकारलाई आग्रह समेत गर्नुभयो ।


एमसिसि भित्र थुप्रै राष्ट्रघातीका बुद्धाहरु समेटिएका छन त्यसको बिरुद्धमा सडकमा ओर्लि्रएको जनसागरको अवाजलाई बेवास्ता गरिए फेरी देशयुद्धमा होमिने निश्चित रहेको पुनको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस (बिपी)का जिल्ला संयोजक तिलक हमालले एमसिसि पुर्णतया खारेज गरि मुलुकको अस्मिता र अखण्डता बचाउनुपर्नेमा जोड दिनुभयो । एमसिसि बिरुद्ध जनता सडकमा उर्लिएको अबस्थामा सरकारले एमसिसि संसदमा टेबुल गराएको प्रति समेत आपत्ती जनाउनुभयो ।

एमसिसिको पक्षमा रहेको काँग्रेसको लोलीमा बोली मिलाउदै नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजबादीका अध्यक्ष माधब नेपालहरु समेत एमसिसिको पक्षमा अघि बढीरहेकाले समयमै सचेत रहन समेत आन्दोलनकारीहरुले आग्रह गरेका छन । आन्दोलनकारीहरुले हात हातमा प्लेकार्ड बोकेर एमसिसि बिरुद्ध नाराबाजी समेत गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।