Amargadhi Post

कार्यकर्ताले बानेश्वर छाडे स् माओवादीको राष्ट्रवादी जोश ओरालोतिर

अमरगढी समाचार
काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् । एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आज नगर्ने भएका छन् ।

माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् । बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् ।

एमसीसीमाथि छलफल गर्न आज प्रतिनिधिसभाको बैठक १ बजे बस्ने भनिएपनि अझै सम्म बसेको छैन । नेकपा समाजवादीले केही समय माग गरेपछि संसद बैठक केही समय ढिला बस्ने भएको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।