प्रचण्ड–माधवको घोषणा स् एमसीसी जतिसुकै राष्ट्रघाती भए पनि सरकार छाडेर बिपक्षमा भोट हाल्ने गल्ती गरिन्न
अमरगढी समाचार
काठमाडौं, फागुन १५ । सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई लिएर सरकार छाडेर गल्ती किमार्थ नगर्ने घोषणा गर्नुभएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज ९एमसीसी० संझौता राष्ट्रघाती रहेको उदघोषसहित सडक आन्दोलन उत्रिएको दुवै दलका अध्यक्षले ‘सरकार कि एमसीसी रु’ रोज्ने अवस्था आएपछि सरकार रोजेरा आफैले सार्वजनिक घोषणा गरेको राष्ट्रघाती एमसीसी पारित गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमसीसीको पक्षमा संस्थगत निर्णइसहित मतदान नगरे गठबन्धन टुटने बताएपछि आज बसेको गठबन्धन बैठक अघि नै प्रचण्डले पार्टी बैठक राखेर एमसीसी जतिसुकै राष्ट्रघाती भए पनि सरकार छाडेर बिपक्षमा मतदान गर्न नसकिने आफ्नो निश्कर्ष सुनाउनु भयो ।
‘सत्ता गठबन्धन टुट्यो भने एमाले र केपी ओलीलाई कसैले रोक्न सक्दैन, चुनाव हुन्छ, हामी पत्तासाफ हुन्छौं, यति सामान्य कुरा पनि नबुझेर साथीहरु एमसीसीको बिपक्षमा लाग्नुपर्छ भन्नुहुन्छ,’ बैठकमा प्रचण्डको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्स डटकमसँग भन्नुभयो, ‘यो हेडक्वार्टरको निर्देशन हो, निर्णय पनि हो, अव सरकार छाडेर केपी ओली बलियो बनाउने मिसन अघि बढाउने र एमसीसीको बिपक्षमा मतदान गर्ने कुरा हुन्न, एमसीसी पास गरेरै गठबन्धन जोगाउनु पर्ने बाध्यता आइलागेको छ ।’
प्रचण्डको यो निर्देशनको बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल र देव गुरुङलगायतले आपत्ति जनाउनु भएको थियो । ‘राष्ट्रघाती एमसीसीसँग सत्ता साटने कुरा अपराध हो, यो मान्य छैन’ भन्दै पाँचै जना नेताले आपत्ति जनाए पछि अध्यक्ष प्रचण्डले एमसीसीको पछि लागेर सरकार छाडने गल्ती किमार्थ हुन्न, निर्णय भयो’ भन्दै बैठक समाधान गर्नुभएको हो ।
बैठकमा प्रचण्डले माधव नेपालले पनि यही निर्णय गराउने सहमति भइसकेको र फेस सेभिङका लागि ब्याख्यात्मक टिप्पणी गर्ने कुरा भइसकेको बताउनु भएको थियो । आफूहरुले एमसीसीको पक्षमा मत नहाले आजै सरकारबाट हटनु पर्ने वा प्रधानमन्त्रीले मन्त्रीहरु बर्खास्त गर्ने भएकोले मतदान गर्ने निर्णयमा पुगेको पनि बताउनु भएको हो ।
माधव नेपालले पनि पार्टीको बैठकमा प्रचण्डकै जस्तो तर्क गर्नुभएको छ । आफूहरु सरकार छाडेर अरु कुराको पछाडि नलाग्ने घोषणा गर्नुभएको हो ।
