Amargadhi Post

जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू ः सर्वोच्च

अमरगढी पोष्ट समाचार
काठमाडौँ — स्थानीय तहका पदाधिकारीलाई उम्मेदवार बन्नुभन्दा पहिले नै पदबाट राजीनामा गर्नुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगलाई त्यस्तो आचारसंहिता जारी गर्नुको कारण देखाउन पनि आदेश दिएको छ ।

आयोगले चैत ३ गते राजपत्रमा प्रकाशित गरेको आचारसंहिताको उक्त प्रावधानविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।