Amargadhi Post

देउवा प्रचण्डले खरिद गर्न सकेनन जगन्नाथको इमान, उम्मेदवारी फिर्ता गराउने गठबन्धनको प्रयास बिफल

अमरगढी पोष्ट संम्बाददाता
चितवन, बैशाख १६ । भरतपुरमा बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको प्रयास बिफल बनेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर निर्वाचन आचार संहिताबिपरित उम्मेदवारी फिर्ता गराउन आउनु भएका गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री कार्यालय हेर्ने बिनाबिभागीय राज्यमन्त्री उमेश श्रेष्ठको प्रलोभनलाई कांग्रेस नेता जगन्नाथ पौडेलले ठाडै अस्वीकार गरेपछि गठबन्धनको प्रयाश बिफल बनेको हो ।

भरतपुर महानगरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता जगन्नाथ पौडेललेको उम्मेदवारी फिर्ता नलिने बटमलाइन सुनाउनु भएको छ । सत्तारूढ गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रलाई परेको थियो। माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता एवं पूर्वसांसद पौडेलले उम्मेदवारी दिनुभएको हो ।

पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर आउनु भएको थियो । बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर पौडेललाई उम्मेदवारी फिर्ता लिन दवाव सदनुभएको थियो तर पौडेलले ठाडै अस्वीकार गर्नुभएको छ ।

यस्तै बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन निर्देशन दिनुभएको थियो । जवाफमा पौडेलले आफू धेरै अघि बढिसकेको र अब उम्मेदवारीबारे चितवनका कांग्रेस कार्यकर्ताले निर्णय गर्ने बटमलाइन सुनाउनु भयो । पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन दवाव दिनुभएको थियो ।

बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पार्कमा बोलाए पनि पौडेल जानुभएन । पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि मन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ आज काठमाडौं फर्किनु भएको छ । यता बागी उम्मेदवार पौडेलको घरमा पनि कांग्रेस कार्यकर्ताको घुइँचो लागेको छ।

आफ्नो निवासमा आएका कार्यकर्ताबीच उम्मेदवार पौडेलले अब दुनियाँको कुनै पनि तागतले आफ्नो उम्मेदवारी फिर्ता गराउन नसक्ने घोाणा गर्नुभएको छ । सत्ता गठबन्धनले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई समेत जगन्नाथलाई उम्मेदवारीफिर्ता गराउन दवाव दिन लगाएको थियो । तर उम्मेदवारी दर्ताअघि रेनु जस्तो भ्रष्ट मान्छेलाई कुनै हालतमा नछाडने बाचा गर्नुभएका पौडेलले सवै प्रलोभन नचाहिने भन्दै इमान नछाडने निर्णय सुनाउनु भएको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।