मेनुका ढुंगाना
अछाम — एमाले नेता भिम रावल निकट कार्यकर्ताको विरोधका बाबजुद नेकपा एमालेका केन्द्रीय सदस्य एवंम जिल्ला इन्चार्ज झपट बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।
अछाम(१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत रहेका नेता बोहराले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै एमालेको तर्फबाट प्रदेश सभा सदस्य पदका लागि समेत उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा क मा देवबहादुर कुवँर र प्रदेश सभा ख का लागि कृष्ण प्रसाद जैसीले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेपछि भीम रावल निकट कार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका थिए ।
