Amargadhi Post

घुससहित प्रहरीका लेखापाल पक्राउ

अमरगढी पोष्ट समाचार
काठमाडौँ,बैसाख,२२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षक ९सई०लाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँबानेश्‍वरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार दिउँसो अख्तियारले घुससहित पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार उनी घुस रकम बुझ्‍नकै लागि महोत्तरीबाट काठमाडौं आएको देखिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।