Amargadhi Post

डडेल्धुराकी अनितालाई ९० वर्षमा नागरिकता

लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख २८ गते । डडेल्धुराकी अनिताले ९० वर्षमा नागरिकता प्राप्त गरेकी छन । जिल्लाको अमरगढी नगरपालिका–३ मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त कटेपछि नागरिकता पाएकी हुन । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त थिईन ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपाने सहित प्रशासन कार्यालयको टोली उनको घरमै पुगेर नागरिकता प्रदान गरेपछि उनी निकै खुसी भईन । नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता पाउनबाट समेत वञ्चित भएकी थिइन । नागरिकता पाएसँगै अब उनले सामाजिक सुरक्षा भत्तासमेत पाउने भएपछि उनका आफन्तजनहरु समेत खुसी भएको बताउछन ।
अमरगढी–३ डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी छन । छोरा रोजगारीको सिलसिलामा भारतमा छन । पतिको मृत्यु दर्ता र छोरा बुहारीको नागरिकता भएको आधारमा उनलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । बृद्ध अबस्थामा रहेकी उनले पटक पटक नागरिकताका लागी पहल भएपनि बनाउन नसकेको र अहिले प्रमुख जिल्ला अधिकारी नै घरमा आएर नागरिकता प्रदान गरेपछि निकै भाबबिह्वल भएको जेष्ठ महिला बिष्टको भनाई थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।