Amargadhi Post

आलितालका बाढीपिडितहरु फेरी आन्दोलित

लक्ष्मी ऐर
डडेल्धुरा,जेठ २४ गते । डडेल्धुराको आलिताल गाउँपालिका ६ र ७ का बाढी पहिरोपीडित आन्दोलित भएका छन । आफूहरूका माग सरकारले सम्बोधन नगरेको भन्दै बाढीपीडितहरूले आलिताल गाउँपालिका कार्यालय धर्ना दिएका छन । बाढीपीडित संघर्ष समितिले गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन । बाढीपहिरोले वर्षेनि आलिताल ६ र ७ का आधा दर्जनभन्दा बढी बस्ती कटान गर्दै आइरहेको छ ।
आलिताल ६ र ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा, खिन्नेभाडी, कोइराले, खुर्सानीझाला, डाइनी, भालुखोला, बान्नेगडा कालीचिउरा, शेरी, गौजना र अस्लाडी लगायतका बस्ती २०७७ साउन १९ देखि २१ गतेसम्म परेको अबिरल वर्षाका कारण लगभग २५० घरधुरी, महादेव मावि भवन र १३ हजार रोपनी खेतीयोग्य जमिन उच्च जोखिम रहेको छ ।
टोलबस्तीहरू अति जोखिम रहेको हुँदा तत्काल संरक्षण गर्न नसके यसपालिका वर्षायामको समय थप क्षति ब्यहोर्नुपर्ने अवस्था रहेकोले समस्याको समाधानको लागि बाढी पहिरोपीडित संघर्ष समितिले सरकारको ध्यान आकर्षण गराएको संघर्ष समितिका संयोजक दीपकबहादुर बोहराले बताउनुभयो । तीन वर्षअघि बाढी पहिरोबाट क्षति भएका आलिताल गाउँपालिका–७ का टोलबस्तीहरूमा प्रदेश सरकारका तत्कालीन मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, भूगर्भविद्को टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
‘त्यतिबेला उहाँहरूले पीडितहरूको समस्या चाँडै सामाधान गरी सुरक्षित बासस्थानको व्यवस्थापन गरिने आश्वासन दिनुभएको थियो तर ३ वर्ष बितिसक्दा पनि हामी पीडितहरूको समस्या ज्यूका त्यु छन भन्दै संघर्ष समितिका संयोजक बोहराले भने ‘समय समयमा ध्यान आकर्षण गराउँदा पनि हाम्रो समस्या सामाधानका लागि सरकारका कुनै पनि निकायले चासो नदेखाएको गुनासो छ ।
गाउँपालिका अध्यक्ष पार्कीले बाढीपहिरोपीडितका समस्या आफूले पटक–पटक प्रदेश सरकार र डडेल्धुराबाट निर्वाचि सांसदहरू सम्म पु¥याएको जानकारी गराउनु भएको छ । समस्या समाधान गर्न प्रदेश सरकारबाट आवश्वासन मिले पनि कार्यान्वयन भने नभएको उहाँको भनाई छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।