Amargadhi Post

उत्पादन बढाउन नौकुण्ड गाउँपालिकाले बाँड्यो १४ सय किलो मकैको बीउ

रसुवा – नौकुण्ड गाउँपालिकाको कृषि शाखाले मकै खेती गरिरहेका कृषकलाई मकैको बीउ वितरण गरेको छ । गाउँपालिकामा मकै उत्पादन बढाउनका लागि बीउ वितरण गरिएको हो । गाउँपालिकाको ४ वटा वडाका कृषकलाई १४ सय केजी मकैको बीउ वितरण गरिएको शाखाले जनाएको छ ।

मकै खेती हुने क्षेत्रमा अरुण २ र रामपुर कम्पोजिट जातको बीउ वितरण गरिएको शाखा प्रमुख शम्भूप्रसाद राईले बताउनुभयो । ‘मकै उत्पादन हुने क्षेत्रका किसानलाई बीउ दिएका छौँ’, उहाँले भन्नुभयो, ‘गएको वर्ष वितरण गरिएको बीउले पनि राम्रो उत्पादन दिएको छ ।’

गएको वर्ष पनि १४ सय केजी नै बीउ वितरण गरिएको थियो । ‘बर्सेनि बीउ परिवर्तन गर्न सकेमा उत्पादन राम्रो हुन्छ’, उहाँले भन्नुभयो, ‘यसका लागि प्रचारप्रसार पनि उतिकै आवश्यक छ ।’

कृषकले ५० प्रतिशत अनुदानमा बीउ पाएका छन् । प्रत्येक वर्ष बीउ परिवर्तन हुँदा उत्पादन बढ्ने र रोग किरा पनि कम लाग्ने शाखाले जनाएको छ । बीउ वितरण गर्नुका साथै शाखाले ७५ प्रशित अनुदानमा मकै छोडाउने मेसिन समेत वितरण गरेको छ । यो वर्ष १२ वटा मकै छोडाउने मेसिन प्रदान गरिएको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।