Amargadhi Post

जसले कश्मीर विवाद समाधान गर्छ उही नाेबेल शान्ति पुरस्कारका लागि योग्य : पाकिस्तानी प्रधानमन्त्री इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् ।स्थानीय नागरिकको चाहनाअनुसार कश्मीर समस्या समाधान गर्नेलाई व्यक्ति त्याे पुरस्कारका लागि योग्य हुने उनले स्पष्ट पारे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले कश्मीरका नागरिकको इच्छाअनुसार कश्मीर विवादको अन्त्य गराउनेछ ।”

भारत र पाकिस्तानबीचमा तनाव बढिरहेका बेला पाकिस्तानको नियन्त्रणमा रहेको भारतीय विमान चालकलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान नै चलाइएको छ ।

इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने मागको पक्षमा झण्डै तीन लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन् ।

द्वन्द्व थप बढेर हिंसा फैलिने अवस्था सृजना हुन नदिन इमरानले अनपेक्षित र प्रशंसनीय भूमिका खेलेको भन्दै आफ्नै देशका जनताले उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नु पर्ने मागसहितको अभियान चलाएका हुन् ।

देशभरि चलाइएको हस्ताक्षर अभियान र दबाबअनुसार पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न संसदमा प्रस्ताव पनि दर्ता गराएका छन् ।

पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका चालक अभिनन्दन वर्तमानलाई उहाँकै देशमा फिर्ता पठाएपछि विश्वव्यापीरुपमा प्रधानमन्त्री इमरानको प्रशंसा भएको छ ।

भारत प्रशासित कश्मीरको पुलवामामा फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेको हो ।

हमलाको जिम्मा पाकिस्तानस्थित चरमपन्थी सङ्गठन जैश–ए–मोहम्मदको हात रहेको बताउँदै आएको छ भने भारतले त्यसमा पाकिस्तानी सरकारकै संलग्नता रहेको दाबी गरेको छ ।

त्यही दाब अनुसार भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतको एउटा लडाकु विमान खसालिदिएको थियो । त्य

ही विमानमा रहेका एक जना चालकलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो । तर ती विमान चालकलाई बिनाशर्त प्रधानमन्त्री खानले भारततर्फ नै फिर्ता पठाएपछि खानलाई नोबेल शान्ति पुरस्कार दिनु पर्ने विषय उठेको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।