Amargadhi Post

रुसले युक्रेनको राजधानीमा रहेको हतियार कारखानामा गर्‍यो आक्रमण

0 153

अमरगढी पोष्ट
काठमाडौँ,बैसाख,२ गते । रुसले युक्रेनको राजधानी किभमा पुनस् आक्रमण तीव्र बनाएको छ । फेब्रुअरी २४ देखि सुरु भएको रुस(युक्रेन द्वन्द्व केही दिन मत्थर भएजस्तो देखिए पनि बिहीबारदेखि भने पुनस् बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका विश्वका नेताले रुसी सेनाले युक्रेनमा नरस‌ंहार मच्चाएको अभिव्यक्ति दिइरहेका बेला रुसले भने आक्रमण बढाएको छ ।

शुक्रबार रुसले किभमा मिसाइललगायतका हतियार उत्पादन गर्ने कारखानामा आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले राजधानी किभमा मिसाइल आक्रमण गरेको जनाएको छ । रुसले आक्रमण अझै बढ्न सक्ने चेतावनीसमेत दिएको छ । एक दिन पहिले युक्रेनले रुसको मोस्कवा युद्धपोतमा आक्रमण गरेको जनाएको थियो ।

रुसले भने युक्रेनी आक्रमणबाट नभई आगलागीपछि युद्धपोतमा विस्फोट भएको थियो । युक्रेनले उक्त युद्धपोत डुब्दैछ समेत भनेको थियो । पछि उक्त युद्धपोत समुद्रमा डुबेको समेत थियो । रुसी इतिहास र दोस्रो विश्व युद्धका जानकारसमेत रहेका प्राध्यापक इभान माड्स्लेका अनुसार दोस्रो विश्व युद्धपछि पहिलो पटक रुसी युद्धपोत डुबेको हो । यसअघि करिब ८१ वर्ष पहिले क्रिमियाको तटीय क्षेत्रमा जर्मनीले रुसी युद्धपोत ध्वस्त बनाएको थियो । प्राध्यापक इभानका अनुसार मोस्कवा युद्धपोत ४० वर्ष पुरानो हो । रुसी जलसेनासँग भएको युद्धपोतमध्ये उक्त युद्धपोत ठूलो मानिन्छ ।

युक्रेनी सञ्चारमाध्यम द किभ इन्डिपेन्डेन्टका अनुसार उद्धार गरिरहेको बसमा रुसी आक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

शुक्रबार रुसी आक्रमणको ५०औं दिन पुगेको छ । संयुक्त राष्ट्र स‌ंघका अनुसार अहिलेसम्म १ करोडले युक्रेन छाडिसकेका छन् । पोल्यान्डमा मात्रै २७ लाखले युक्रेनी नागरिक पोल्यान्ड पुगेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।