लक्ष्मी ऐर
डडेल्धुरा,भदौ,२७ गते । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कार्यालय प्रमुखको जिम्मेवारी समाह्लनुहुदै प्रहरी नायब उपरिक्षक दिपककुमार कार्कीले शान्ति सुरक्षा र अमन चयन गराउनु प्रहरीको पहिलो दायित्व रहेको बताउनु भएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आयोजित पत्रकारहरूसँगको पहिलो अन्तरकृया तथा परिचयात्मक कार्यक्रममा प्रनाउ कार्कीले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभुती हुने गरि काम गरिने बताउनुभयो ।
कानुनले तोकेको क्षेत्राधिकारमा रहेर आफ्नो नेतृत्व सदैब सकृय भएर लाग्नेमा जोड दिदै उहाँले समाजमा रहेका बिकृती बिसंगती र कानुनले बर्जित गरेका कृयाकलापहरुलाई नियन्त्ररण गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गरेका छौं प्रनाउ कार्कीले भन्नुभयो— अपराध नियन्त्ररण गर्न र शान्ति सुरक्षा कायम गराउन संचार क्षेत्रको बढी महत्पुर्ण भुमिका हुनेगर्दछ ।
नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौंबाट सरुवा भई आउनु भएका प्रनाउ कार्कीले पत्रकारहरु संगको भेटमा कानुनको पालना गर्ने क्रममा नाजायज कुराको सुनुवाई आफुबाट नहुने र जायज कुराहरुमा सबैसंग हातेमालो गर्दे अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गनुभयो । जिल्लामा हुने जुवातास नियन्त्रण,चोरी तस्करी,लागु औषध ओसार पसार र सेवन र ट्राफिक समस्याहरु र सडक दुर्घटना न्युनिकरणका लागी बिशेष पहल थालनी गरिने समेत उहाँले बताउनुभयो ।
शिबशिखर सहकारी संस्थाबाट ठगीभएका बचतकर्ताहरुको समस्यालाई पनि आफुहरुले गम्भिरतापुर्बक लिएको र बचत रकम फिर्ता गराउनका लागी जाहेरी दर्ता गराउन सक्दो पहल गरिने प्रनाउ कार्कीको भनाई थियो । जिल्लास्थित संचारकर्मीहरुले जिल्लाको बस्तुस्थिती समस्या,चुनौतीहरु र प्रहरीले खेल्नुपर्ने भुमिका र दायित्वका बिषयमा सुझाब दिएका थिए ।
