Amargadhi Post

गाउँपालिका अध्यक्षमाथि गोली प्रहारको प्रयास

(अछाम) — रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि आइतबार साँझ गोली प्रहारको प्रयास गरिएको छ । अज्ञात व्यक्तिले अध्यक्ष साउदको डेरामा चाइनीज पेस्तोलबाट गोली हान्नै लाग्दा प्रहरी देखेपछि भागेका हुन् ।

फरार व्यक्तिले हरियो ज्याकेट र सेतो टोपी लगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अध्यक्ष साउदको डेरा वडा नम्बर ३ मा रहेको छ ।

‘अज्ञात व्यक्तिले पेस्तोल ताकेको अवस्थामा प्रहरीले अवरोध गर्दा गोली भुइँ तलामा खसेको छ’ प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ,’ती व्यक्तिलाई प्रहरीले लखेट्ने क्रममा कैलासखोलामा हामफालेको देखियो ।’ प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ ।
Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।