लक्ष्मी ऐर
डडेल्धुरा, असार २५ गते । डडेल्धुराको अजयमेरु गाउँपालिका –५ मा रहेको देवल स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । औपचारिक समारोहमा गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले देवललाई गाउँपालिकाको दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था भएको औपचारिक घोषणा गरेका हुन ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश पालका अनुसार ६ देखि ५९ महिना उमेर समूहका बालबालिकामध्ये ९० प्रतिशतभन्दा बढीलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि वितरण गर्ने लक्ष्य पुरा गरेपछि उक्त स्वास्थ्य संस्था पोषणमैत्री बन्न सफल भएको हो । पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ अनुसार तोकिएका मापदण्ड र सूचकहरू पुरा भएपछि संस्थालाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पालले जानकारी दिनुभयो ।










