Amargadhi Post

जोगबुढा इलाका प्रशासनमा हाकिम नहुदाँ महिनौं देखि सेवाग्राही मर्कामा

लक्ष्मी ऐर
डडेल्धुरा,साउन १० गते । डडेल्धुराको परशुराम नगरपालिका अन्र्तगत रहेको इलाका प्रशासन कार्यालय जोगबुढामा एक महिना देखि कार्यालय प्रमुख नहुँदा नागरिकहरुले निकै सास्ती भोग्नुपरिरहेको छ ।
भित्रीमधेश क्षेत्रका २ वटा पालिकालाई सेवा दिने उद्देश्यले परशुराम नगरपालिकाको जोगबुढामा संचालन गरिएको इलाका प्रशासन कार्यालयमा महिनौं देखि कार्यालय प्रमुख नहुदाँ स्थानीयहरुले निकै समसया झेल्नु परिरहेको गुनासो आएको छ ।


नागरिकता, राहदानी सिफारिस, जग्गा सम्बन्धी कामकाज र अन्य आबश्यक सेवा लिन स्थानीयवासीहरू जिल्ला सदरमुकाम धाउन बाध्य हुन थालेपछि ब्यापक असन्तुष्टी हुन थालेको छ । उक्त कार्यालयबाट आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका नागरिक लाभान्वित हुँदै आएका थिए । गत जेठ २६ गते रञ्जित कुमार यादवलाइ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जलेश्वर नगरपालिकामा सरुवा गरेपछि हाल कार्यालयमा सीमित कर्मचारी मात्र कार्यरत छन । कार्यालयमा आठ जनाको दरवन्दी भएपनि हाल ५ जना मात्र कर्मचारी कार्यरत छन । ती कर्मचारीले राष्ट्रिय परिचयपत्र वितरण र सामान्य पत्राचार बाहेक अन्य सेवा दिन असमर्थता जनाइरहेका छन । कार्यालय सञ्चालनका लागि असार २२ गते एक महिनाको काजमा पठाईएका नायब सुब्बा राम बाबू बराल समेत अहिलेसम्म कार्यस्थल नपुगेपछि समस्या उत्पन्न भएको हो ।
अहिले आर्थिक वर्षको सुरुआती महिना चलिरहेको हुँदा सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता परिचयपत्र, वृद्धभत्ता अद्यावधिक जस्ता कामहरू पनि प्रभावित भएका छन। सेवाग्राहीहरू हरेक दिन प्रशासन कार्यालय पुगेर रित्तो हात फर्कन बाध्य छन ।


डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कर्मचारी अभावका कारण उत्पन्न समस्याका बिषयमा मन्त्रालयमा पटक पटक जानकारी गराएको भएपनि तत्काल पठाउने आश्वासन आएको बताउनुभयो । हामीले मन्त्रालयलाई कर्मचारी पठाई दिन आग्रह गरिरहेका छौं प्रजिअ गौतमले भन्नुभयो— मन्त्रालयले छिटटै कर्मचारी पठाउने तयारीमा रहेको जानकारी प्राप्त भएको भएपनि कहिले पुग्छन एकिन हुन नसकेको बताउछन ।


प्रशासनिक कामका लागि जोगबुडाबाट सदरमुकामसम्म आउन कठिनाई हुने स्थानीयको गुनासो छ । गाडीमा ४ देखि ५ घण्टा लाग्छ, बजारमा होटलमा बस्नु पर्छ यहाँपनि काम नभए बास बस्नुपर्ने बाध्यता छ समयमै सरकारले हाम्रो समस्या बुझिदियोस स्थानीय दानबहादुर साउदले भन्नुभयो — एक जना कार्यालय प्रमुखको अभाब हँुदा झण्डै ४० हजार जनताले दुख पाईरहेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।