नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्। शनिबार सम्पन्न विशेष साधरण सभाबाट चन्द प्यानले बहुसदस्यीय मत परिणाम प्राप्त गरेको हो।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा विशेष साधारण सभा सम्पन्न भएको हो।
अध्यक्षका अर्का प्रत्यासी विनयराज पाण्डेलाई हराएर चन्द अध्यक्षमा निर्वाचित भएका हुन्। यद्यपि मतपरिणमको औपचारिक घोषणा हुन बाँकी रहेको छ।
नयाँ नेतृत्वसँगै क्यान निलम्बनको फुकुवा हुनेछ। आईसीसीले साढे ३ वर्ष अघि सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै क्यानलाई निलम्बन गरेको थियो।
