अमरगढी पोष्ट समाचार
डडेलधुरा,मसिर,८ गते । स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा डडेल्धुरा स्वास्थ्य कार्यालय सुदूरपश्चिम प्रदेशमै पहिलो भएको छ । आर्थिक वर्ष २०८१÷ ८२ मा प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकन गर्दा डडेलधुराले उल्लेखनीय प्रगति गर्दै ८५ दशमलव २० अंकसहित प्रथम भएको छ । उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले कार्यालयलाई सम्मान गरेको छ।
आइतबार आयोजित एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशरबहादुर साँउदलाई प्रथम भएको प्रमाणपत्र प्रदान गर्दे बद्याई दिएका छन । कार्यालय प्रमुख साँउदले पुरुष्कार प्रदान गर्दे कामकाजमाअहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न साझेदार संस्थाहरूको निरन्तर सहयोग रहेको भन्दै सबैमा धन्यवाद व्यक्त गरेका छन ।
‘सबैको निरन्तर सहयोग र सदभाबले डडेल्धुरा उत्कृष्ट हुन सफल भएको हो आगामी दिनमा अझै राम्रो बनाएर लैजाने प्रतिबद्धता समेत उहाले ब्यक्त गर्नुभयो । यस वर्षको मूल्यांकनमा स्वास्थ्य कार्यालय डोटी दोस्रो र स्वास्थ्य कार्यालय कैलाली तेस्रो स्थानमा परेका छन्।




