लक्ष्मी ऐर
डडेल्धुरा भदौं २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको ७ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट पुनः सर्बसम्मत रुपमा राजेन्द्र भण्डारीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गर्दे सम्पन्न भएको हो ।
जिल्ला कार्यसमितिको उपाध्यक्षमा रामबहादुर शाह, गणेश भण्डारी र कविता जोशी, सचिवमा लालबहादुर सेडा, कोषाध्यक्षमा सागर नगरकोटी तथा प्रवक्तामा सुरेश तोलाङ्गी चयन भएका छन । यसैगरी सदश्यमा पुर्ब अध्यक्ष हिक्मतसिंह साउद, मदनराज पाण्डे लगायत सदस्यहरू रहेका छन ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले राष्ट्र, राष्ट्रियता, सनातन हिन्दू संस्कृति तथा राष्ट्रिय एकताको संरक्षण र संवद्र्धनका लागि पार्टीलाई थप सशक्त, प्रभावकारी र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
उनले जिल्लामा भईरहेको आर्थिक बेथिती र भ्रष्टाचार बिरुद्ध समेत एक्सन गर्ने गरि अघि बढ्ने बताउनुभयो भएको छ । भण्डारीले पार्टीका विचार, नीति र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउँदै वडा तथा टोल तहसम्म संगठन विस्तारको काम समेत गर्ने जनाएका छन ।
कार्यक्रममा नबनिर्बाचित टिमलाई बद्याई ज्ञापन गर्दे राप्रपाका केन्द्रीय सदश्य गोबिन्द खडायतले शशक्त टिम आएकाले संगठन बिस्तारमा उपलब्धी हासिल हुने बताउनुभयो । यसैगरी राप्रपाका नेता टेकराज पनेरुले निर्बाचित टिमलाई बद्याई दिदै संगठन सुदृढीकरणमा जोडदिनुपर्ने बताउनुभयो । देशको अबस्था र परिस्थती अनुकुल छैन मुलुकमा फेरी द्धन्द्धको अबस्था आउन सक्छ त्यसैले पार्टी संगठन मजबुत बन्नुपर्नेमा पनेरुको जोड थियो ।


