Amargadhi Post

डडेल्धुरा अस्पताल अपारदर्शि बन्दैं ः नागरिक समाजका अगुवाहरुले गरे ध्यानाकर्षण

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,पुस, ६ गते । नागरिक समाज डडेल्धुराले डडेल्धुरा अस्पताल भित्रको बेथितीको अन्त्य गर्न र बिरामीहरुको उपचार सेवामा बिशेष ध्यान दिन आग्रह गरिएको छ । सुदुरपश्चिम प्रदेशको एक मात्रै सघिय अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताल स्ुदुरपश्चिमका सात पहाडी जिल्लालाई केन्द्रीत गरि निर्माण गरिएको डडेल्धुरा अस्पतालको उपचार सेवाको गुणस्तर खस्कीन थालेपछि नागरिक समाजको टोलीले आईतबार अस्पताल पुगेर ध्यानाकर्षण गराएको हो । ९ महिना देखि एक्सरे मेसिन बिग्रीएको छ,एम्बुलेन्स ग्यारेजमा थन्कीएको छ,बिशेषज्ञ चिकित्सक छैनन,अस्पतालमा औषधी अभाब छ अनि नामको अस्पतालले के गर्ने भन्दै स्थानीयहरुले ब्यापक आलोचना र असन्तुष्टी पोख्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
डडेल्धुरा अस्पताललाई संघिय संरकारले मेडिकल कलेज घोषणा गरेर काम अघि बढाईरहेको भएपनि अस्पताल बिकास समिति र अस्पताल प्रशासनले चासो र चिन्ता नदेखाउदा बिरामीहरु उपचार सेवाबाट बञ्चित हुदै आईरहेका छन । नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रशाद जोशीले अस्पताल भित्रको पारदर्शिता र जवाफदेहिता नहुदाँ उपचार सेवा प्रभाबित हुन गईरहेको बताउनुभयो । अस्पतालको ध्यान केबल बिरामीको उपचार सेवा तर्फ केन्द्रीत छैन एक्सरे मेसिन बिग्रेको ९ महिना भयो उपचार नपाएर अन्यत्र जानुपर्ने बाध्यता हुदा सम्म किन चासो राख्नु भएन यो लार्पवाही होईन के हो प्रश्न गर्दे भने— अस्पताल भित्र हरेक बेला कर्मचारी भर्ना देखि कोटेशन मार्फत काम गरेर आर्थिक लाभ लिने काम भईरहेको ब्यापक सुन्नमा आउछ यस्तो किन हुन्छ यस्ता कार्य रोक्न आग्रह गर्नुभयो ।
यसैगरी नागरिक समाजका अगुवा एबम पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले बिरामीहरुको उपचार सेवामा अस्पतालको ध्यान जान नसकेको प्रति अस्पताल बिकास समितिको गम्भिर ध्यानाकर्षण गराउनुभयो । अस्पताल भित्र कमाउधन्दाका नाममा कोटेशन बितरण गर्ने खरिदका नाममा गुणस्तहिन समान र उपकरण ल्याउने कार्य तत्काल बन्द गरि शुसासन र पारदर्शिता अपनाउन आग्रह गर्दे साँउदले अस्पताल भित्रका बेथीतीहरुलाई निरुत्साहित गरेर अघि बढ्न सुझाए ।


अस्पतालमा करार कर्मचारी भर्नाका नाममा राजनितिक दलका भागबण्डा गर्ने परिपाटीको अन्त्य हुन जरुरी छ नागरिक अगुवा साँउदले भने—अस्पतालमा सुचना माग गरिएको झण्डै २ महिना पुग्यो प्राप्त हुन सकेको छैन सुचनाको हकले यही भन्छ भन्दै बिकास समिति समक्ष प्रश्न गर्नुभयो । माथिल्लो प्रशासनिक भबन भत्काएर नयाँ संचरना बनाउनु र त्यसैमा पनि बजेट र इष्टिमेट नगरि हचुवाका भरमा अगाढी बढ्नुको पछाडीको रहश्यका बिषयमा स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नागरिक समाजका अगुवा टेकराज अबस्थीले अस्पताल भित्रको सेवा सुबिधा र अस्पताल संचलानका नाममा मनमर्जि अपारदर्शिता बढेको भन्दै ध्यानकर्षण गराउनु भयो । मेडिकल कलेज बन्नसपर्छ भन्ने मान्ता राख्ने ब्यक्ति हु तर अस्पताललाई राजनैतिक आखडा बनाउनु हुदैन अबस्थीले भन्नुभयो— ब्यापक रुपमा आर्थिक अनियमिता भईरहेको सुन्नमा आएकोले स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो । यसैगरी प्रेश चौतारी नेपाल डडेल्धुराका उपाध्यक्ष एबम नागरिक समाजका अगुवा मदनराज भट्टले अस्पताल भित्रको अपारदर्शिता बढ्नु र जनताले स्वास्थ्य सेवाबाट बञ्चित हुदैजानुले ब्यापक असन्तुष्टी बढेको बताउनुभयो । आर्थिक लाभ लिने उदेश्यले पटक पटक कोटेशन मार्फत अस्पतालमा दजनौं काम भईरहेका छन तर अस्पताल भित्रका उपकरण बिग्रीएर बिरामीहरु उपचार सेवा पाउन सकेका छैन यो भन्दा बिडम्बना के हुन सक्छ यस्तो लार्पवाही नगर्न सचेत गराउनु भयो ।


कार्यक्रममा नागरिक अगुवा तिलकराज भट्टले डडेल्धुरा अस्पताललको ब्यबस्थापन पक्ष फितलो बनेको र बिरामीहरुको उपचार तर्फ ध्यान दिन आग्रह गर्नुभयो । नागरिक अगुवाहरुले दिएको सुझाब र प्रश्नको जवाफ दिनुहुदै अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाले अस्पताल भित्र देखा परेका समस्याहरुलाई समाधान गर्दे अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ३०० शैयाको अस्पताल बनाउनुपर्ने चुर्नौती छ त्यसैले माथिल्लो भबन भत्काएर वाड बनाउन खोजिएको हो केही प्राबिधिक तृटी भएको हुनसक्छ यसलाई आगामी दिनमा सच्चाएर जाने अध्यक्ष ओझाले बताउनुभयो । बजेट अभाबका कारण एक्सरे मेसिन आपुर्तिमा ढिलाई भएको बताउनुहुदै केही दिनभित्र नया एक्सरे मेसिनको इ टेण्डर भईसकेकाले छिट्टै आउने जानकारी दिनुभयो । भबन भत्काएर सफाई गर्नका लागी ९ लाख बजेट भित्र रहेर कोटेशन मार्फत काम भईरहेको र आगामी दिनमा टेण्डर मार्फत मात्रै काम गरिने प्रतिबद्धता समेत अध्यक्ष ओझाले गर्नुभयो ।
अस्पताल भित्र देखिएका समस्याहरुलाई समाधान गर्न आफु लागीरहेको बताउनुहुदै उहाँले सबैको सहयोग बिना मेडिकल कलेज निर्माण हुन नसक्ने भन्दै सहयोगका लागी सबैपक्ष संग आग्रह गर्नुभयो । डडेल्धुरा अस्पतालकी मेसु डा.सुधा देबकोटाको निर्देशनमा कोटेशन मार्फत काम हुन थालेपछि बिरोध भएको थियो । बिरोध भए पछि मेसु देबकोटा काम बिशेष भन्दै राजधानी पुगेको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।