लक्ष्मी ऐर
डडेल्धुरा साउन १९ गते । बिश्व जडीबुटी दिवस तथा आर्युेबेद चिकित्सा शिरोमणी बालकृष्ण आचार्यको ५४ औं जन्मोत्सबको अबसरमा उग्रतारा मन्दिर परिषरमा मंगलबार बृक्षारोपण गरि मनाईएको छ । पतञ्जली योग समिति डडेल्धुराको अगुवाईमा जडीबुटी दिवस तथा योग साधक शिरोमणी बालकृष्णको मंगलबार परेको जन्म दिनको अबसरमा बिभिन्न जातीप्रजातीका बोटबिरुवाहरुको बृक्षारोपण गरिएको हो ।

नेपालको स्याङजामा जन्मनु भएका आर्चाय बालकृष्ण भारतको हरिद्धार क्षेत्रमा चिकित्सा र योगसाधनालाई कर्मथलोका रुपमा अघि बढाएर बिश्वभर हरेक ब्यक्तिलाई योगसाधना मार्फत स्वस्थ्य बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै उनको जन्म दिनलाई भब्यताका साथ मनाईएको सुदुरपश्चिम प्रदेशका युबा योगप्रभारी गोबिन्द खडायतले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओली,प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिह अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष टंकबहादुर क्षत्री र योग साधकहरुको उल्लेख्य सहभागितामा उक्त दिवस मनाईएको छ ।

“जडीबुटी संरक्षण गरौँ, प्रकृति जोगाऔँ, स्वस्थ नेपाल निर्माण गरौँ भन्ने मुलनाराका साथ एकसय भन्दा बढी बृक्षारोपण गरिएको योग प्रभारी खडायतले जानकारी दिनुभयो । जडीबुटी दिवस तथा जन्म दिनको अबसर पारेर अजयमेरु गाँउपालिकाको वडा नं. ३ को दुर्गास्थान आधारभुत बिद्यालयको परिषरमा पनि बृक्षारोपण गरिएको छ भने डडेल्धुरा सदरमुकाम नजिकै रहेको अमरगढी योग साधना हलमा शुभकामना आदान प्रदान सहित होम गरि भन्यताका साथ मनाईएको छ । बृक्षारोपण गर्दा आर्युेबेदिक औषधीजन्य बोटबिरुवाको बृक्षारोपण गरिएको जनाएको छ ।


