Amargadhi Post

डडेल्धुरामा जडीबुटी दिवस तथा आयुर्बेद चिकित्सक आर्चाय बालकृष्णकोे जन्मोत्सब मनाईदै

लक्ष्मी ऐर 
डडेल्धुरा साउन १९ गते । पतञ्जली योग समिति डडेल्धुराले मगंलबार आर्युेबेद चिकित्सक शिरोमणी आर्चाय बालकृष्णको ५४ औं जन्मोत्सबलाई बिबिध कार्यक्रमका साथ मनाउन लागेको छ । बिश्व जडीबुटी दिवस तथा योग साधक प्राकृतिक चिकित्साका माध्यमबाट स्वास्थ्य उपचारमा केन्द्रीत शिरोमणी बालकृष्णको आज परेको जन्मोत्सबमा डडेल्धुरामा बिबिध कार्यक्रम गरि मनाउन लागिएको हो ।

भारतको हरिद्धारमा योगपिठ मार्फत योगसाधना र आर्युेबेद प्राकृतिक चिकिस्ताका माध्यमबाट बिश्वभर योगसाधना सेवा प्रबाह गरिराख्नु भएका आर्चाय बालकृष्ण र मुख्य योग प्रशिक्षक स्वामी रामदेबको यो अभियानमा जोडिनेहरुको कमी देखिदैन । नेपालमै जन्मनु भएका आर्चाय बालकृष्ण भारतको हरिद्धारमा चिकित्सा र योगसाधना मार्फत योग प्रशिक्षक रामदेब संगैं सहकार्य गरेर बिश्वभर सन्देश फैलाउन सफल ब्यक्तित्वको जन्म दिन परेकाले बिबिध कार्यक्रम गरि भब्यताका साथ मनाउन लागीएको सुदुरपश्चिम प्रदेशका योगप्रभारी गोबिन्द खडायतले जानकारी गराउनु भयो ।


डडेल्धुराको पतञ्जली योगहलमा बिहानै योग साधकहरुको सहभागितामा आर्चाय बालकृष्णको जन्मोत्सबमा शुभकामना आदान प्रदान संर्गैं होम समेत गरिएको खडायतले बताउनुभयो । उहाँको जन्मोत्सबको अबसरमा पतञ्जली युबा समिति सुदुरपश्चिम,पतञ्जली योग समिति डडेल्धुरा र महिला पतञ्जली योग समितिको संयुक्त आयोजनामा दिउसो २ बजेबाट उग्रतारा मन्दिर परिषरमा बृक्षारोपण र बालकृष्ण आर्चाय जुममिटिङ मार्फत जन्मोत्सब कार्यक्रममा सहभागी हुने भएकाले आस्थावान साधकहरुलाई सहभागिता भईदिन आग्रह गरिएको योग समिति डडेल्धुराले जनाएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।