Amargadhi Post

जेनजीको अवाज बन्न सक्छन शरद ?

दृष्टीकोण ः टेकराज पनेरु
डडेल्धुरा, शरद ओझा जस्ता सुदूरपश्चिमका प्रतिभाशाली युवाहरूलाई प्रताडित गर्दा चुप बस्ने तर गुल्मीका सागर ढकालको चिन्ता कहिलेसम्म गर्ने ? आफ्ना गतिलाई महत्व नदिने र अर्काका निकम्मा व्यक्तिलाई पुज्ने बानीका कारण हामी सुदूरपश्चिमेलीहरू पछाडि परेका हौं कि ? लोकेन्द्रबहादुर, शेरबहादुरले राजनैतिक रूपमा र दीपक भट्टले व्यवसायिक रूपमा काठमाडौंमा सुदूरपश्चिमेलीलाई हेर्ने नजर परिवर्तन गर्न सफल भए पनि काठमाडौंका हरेक क्षेत्रमा सुदूरपश्चिमीहरूलाई दोस्रो दर्जाको नागरिक जस्तै व्यवहार गरिन्छ।
डडेल्धुरा, कैलपालमाण्डौको रेल गाउँमा गरिब घरमा जन्मिएका एक प्रतिभाशाली युवा शरद ओझाले आफ्नो मेहनतले काठमाडौंमा पहिचान बनाएर विमा प्राधिकरणको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने योग्यता हासिल गरे र अध्यक्षमा नियुक्त भए।
सुदूरपश्चिमीलाई मान्छे नै नमान्नेहरूको जमातमा ओझाको प्रवेश पच्यौ थिएन। छलकपट र तिकडम नजान्ने सुदूरपश्चिमी स्वभाव अनुसार, शरदले आफ्नो पदिय दायित्व निर्वाह गर्ने क्रममा विमा क्षेत्रको विसंगतिका विरुद्ध कडा कदम चाल्न थाले। यसले गर्दा ३२ वटा विमा कम्पनी कारवाहीमा परे। विमा माफियाहरूले ओझालाई लोभमा पार्ने र आफ्ना कर्तुत ढाकछोप गर्ने प्रयास गरे, तर ओझाले आफ्नो ईमान बेचेनन्। त्यसपछि माफियाहरूले ओझाविरुद्ध अनेक प्रयास गरे।
यद्यपि, विमा माफियाहरूले लगाएका आरोपहरू कानुनी रूपमा प्रमाणित भएनन्। त्यसपछि तिनीहरूले मिडिया ट्रायलमार्फत ओझालाई गलत साबित गर्ने असफल प्रयास गरिरहेका छन्। स्वार्थ समूह र विमा कम्पनीका मालिकहरूको इसारामा ननाचेको कारणले, विमा प्राधिकरणका निर्देशक शरद ओझालाई ओझेलमा पार्न माफियाहरू जेन्जी सरकारलाई समेत प्रभावित पारेर प्रताडित गरिरहेका छन्।
सुदूरपश्चिम र डडेल्धुराका नागरिक भएको कारण, एउटा प्रतिभाशाली युवालाई जेन्जी आदीको आवरणमा रगतको आँसु पिउन बाध्य पार्नेहरूका विरुद्धमा डडेल्धुरावासीले बोल्ने कि नबोल्नेरु हामी रास्वपा, बालेन, कुलमानका वा सागर ढकालका भक्त हुन सक्छौं, तर आफ्नालाई कहिल्यै सहयोग गर्दैनौं। त्यसैले राणाकालमा जस्तो, सागर ढकाल गुल्मीबाट डडेल्धुराको चुनाव लड्न आउँछन्।
डडेल्धुराको विकास बजेट काटिन्छ, कोही बिरोध गर्दैन। डडेल्धुराका प्रतिभाशाली व्यक्ति प्रताडित गरिन्छन्, तर कोही बोल्दैन। त्यसैले काठमाडौंले सधैं सुदूरपश्चिमलाई हेप्छ। नोटस् यस लेखको उद्देश्य कुनै पार्टी ९कांग्रेस, एमाले, माओवादी, राप्रपा० वा व्यक्तिको समर्थन वा विरोध गर्नु होइन। व्यक्तिगत रूपमा शरद ओझालाई देखेको पनि छैन, तर एउटा होनहार युवामाथि अन्याय भइरहेको बेला चुप लाग्न सकिन्न।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।