Amargadhi Post

सहकारीमा कर्जा सदुपयोग आजको आवश्यकता ः जोशी

लोकेन्द ओझा
अत्तरिया,पुुस,१२ गते । साना किसान विकास लघुवित्त वित्तीय संस्था, अत्तरियाको आयोजनामा सनिवार कर्जा व्यवस्थापन सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम अत्तरिया कैलालीमा सम्पन्न भएको छ। कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक माधवप्रसाद जोशीले सहकारी क्षेत्रमा कर्जाको सदुपयोग आजको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले सहकारीमा धितो मूल्याङ्कन विधि, तमसुक तथा अन्य आवश्यक कागजातको व्यवस्थापन र कानुनी पक्षबारे कर्मचारीहरू दक्ष हुनुपर्नेमा जोड दिनुभयो।
जोशीले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि सरकारले चालेका कदमबारे जानकारी लिए त्यसलाई सदस्यसम्म पुर्‍याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

 राष्ट्रिय सहकारी नियमन प्राधिकरण, कर्जा असुली न्यायाधिकरण तथा सहकारी विभागबाट जारी भएका एकीकृत निर्देशनहरू प्रत्येक सहकारीका प्रबन्धक र कर्जा व्यवस्थापकले अनिवार्य रूपमा बुझ्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा कृषि सहकारी सङ्घ सुदूरपश्चिम प्रदेशका सचिव गोरखबहादुर खत्रीले सहकारीको लगानीबाट उद्यमी बनेका महिलाहरूका अनुभव सुनाउँदै सहकारी विपन्न, एकल महिला तथा सीमान्तकृत समुदायका लागि महत्वपूर्ण वित्तीय संस्था रहेको बताउनुभयो । उहाँले सहकारी सदस्य केन्द्रित संस्था भएकाले सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गर्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले सहभागीहरूलाई तालिमबाट सिकेका ज्ञान र सीप व्यवहारमा उतार्न तथा आफ्ना संस्थाका सदस्यहरूलाई समेत सिकाउन आग्रह गर्नुभयो।


साना किसान कृषि सहकारी संस्था लिमिटेड गेटाका प्रमुख प्रबन्धक नृप खड्काले सहकारी क्षेत्रमा देखिने जोखिम, त्यसको व्यवस्थापन तथा न्यूनीकरणका उपायबारे जानकारी दिनुभयो। उहाँले सहकारीले कानुनअनुसार धितो लिलाम गरेर समेत कर्जा असुली गरेको जानकारी गराउनुहुँदै उच्च मनोबलका साथमा काम गर्न अनुरोध गर्नुभयो।
तालिममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अधिकृत कृष्ण गोविन्द ढुङ्गेलले ग्रामीण उद्यम कर्जा, पशुपालन कर्जा तथा सहुलियतपूर्ण कर्जासम्बन्धी नीतिबारे जानकारी गराउँदै साना किसान सहकारीहरूले यी कर्जाको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी संस्थाका वरिष्ठ सहायक योगराज जोशीले कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन कर्जा, कर्जा आवेदन प्रक्रिया र विश्लेषणमा हुने सामान्य त्रुटिबारे प्रशिक्षण दिनुभयो।
प्रशिक्षक सुवास रेग्मीले कर्जा विश्लेषण, नगद प्रवाह विश्लेषण, परियोजनाको लागत–लाभ मूल्याङ्कन, सात सी विश्लेषण गर्नुभएको थियो
यस्तै सुदूरपश्चिम प्रदेशका विभिन्न साना किसानहरूले प्रयोग गर्दै आउनुभएको कयातधबचभ बारे प्रशिक्षक मङ्गल चौधरीले सहजीकरण गर्नुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका साना किसान कृषि सहकारी संस्थाका प्रमुख, प्रबन्धक, लेखापाल तथा कर्जा व्यवस्थापकहरू गरी ३० वटा सहकारीहरूको सहभागिता रहेको थियो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।