Amargadhi Post

लागूऔषधसहित पक्राउ परे डडेल्धुराका युवराज

लक्ष्मी ऐर 
डडेल्धुरा,पुस,१३ गते । डडेल्धुरामा लागूऔषध सहित एकजना पक्राउ परेका छन । अमरगढी नगरपालिका वडा नं. ५ बागबजारका युवराज पनेरु पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले २३ वर्षीय पनेरुलाई लागूऔषध ओसार पसार गर्छन भन्ने गोप्य सूचनाका अधारमा उनलाई पक्राउ गरेको हो ।
उनमाथी खानतलासी गर्दा बाँया हातमा कालो प्लाष्टिक च्यापेको अवस्थामा लुकाई छिपाई गरिराखेको लागूऔषध प्लाष्टिक सहित तौल गर्दा २३० मिलिग्राम र शुद्ध तौल गर्दा ७० मिलिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय डडल्धुराले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।