Amargadhi Post

सिडिओको संयोजकत्वमा जिल्लामा शान्ति तथा सदभाब समिति गठन गरियो

लक्ष्मी ऐर
डडेल्धुरा,पुस २४ गते । डडेल्धुरा जिल्लामा शान्ति सुरक्षाको अबस्थालाई ध्यान दिदै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शान्ति तथा सदभाब समिति गठन गरिएको छ । बुधबार डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझा माथी उनकै कार्यकक्षमा अपरिचित ब्यक्तिहरुको एक समुहले दुरब्यबहार गरेपछि बिहिबार डडेल्धुरा प्रशासनमा आयोजना गरिएको सर्बपक्षिय बैठकले शान्ति सुरक्षालाई मध्यनजर गरेर समिति गठन गरेको हो ।
सदरमुकाममै रहेको अस्पताल भित्र प्रबेश गरेर भएको अभ्रद घटनापछि शान्ति सुरक्षामा चुनौती देखिएपछि सिडिओको संयोजकत्वमा तपशिलका ब्यक्तिहरु सदश्य रहने गरि समिति गठन गरिएको जनाएको छ । समितिमा जिल्ला स्थित सुरक्षा समितिका प्रमुखहरु,राजनितिक दलका प्रमुख तथा प्रतिनिधी,उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधी र नेपाल बारएसोसियन र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रहने गरि सम्मिलित समिति गठन गरिएको जनाएको छ ।

 अस्पताल बिकास समितिका अध्यक्ष माथी भएको दुरब्यबहारको घटनाको छानबिन गरि दोशी उपर कानुनी कारबाही गरिनुपर्ने बैठकको निष्कर्ष बनेको छ । शान्ति र सदभाब समितिले अस्पताल भित्र देखिएका समस्याहरुको पहिचान गरेर निष्पक्ष रुपमा छानबिन गरेर प्रतिबेदन सार्बजनिक गर्न सकियो भने जिम्मेवारी र दायित्व पुरा गरेको देखिनेछ । घटनाको छानबिन गरि दोशी उपर कानुनी कारबाही सगैं अस्पताल भित्र देखिएको समस्याको चाङलाई समाधान गर्ने गरि अग्रसरता लिन्छ की लिदैन जनताले चासोका साथ पक्कै हेर्नेछन ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।