Amargadhi Post

डडेल्धुरा अस्पतालको सेवा सुचारु

लक्ष्मी ऐर 
डडेल्धुरा, पुस २४ गते । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि बुधबार दिउसो भएको दुव्र्यवहार घटनाका दोशी उपर कारबाही गर्ने समझदारीमा अस्पतालको सेवा सुचारु भएको छ ।
नेकपा बहुमतको भातृसंगठन कम्युनिष्ट युबा संगठनका केही ब्यक्तिहरुले अस्पतालमै आएर अध्यक्ष ओझामाथी कालोमोसो दल्नुका साथै अभद्र ब्यबहार गरेर फरार भएका थिए ।
अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझा माथी भएको घटना प्रति दुख ब्यक्त गर्दे दोशी उपर कानुनी कारबाही गर्नुपर्ने सर्बपक्षिय बैठकले निर्णय गरेको जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिह भण्डारीले जानकारी दिनुभयो ।
अस्पताल बिकास समिति भित्र ब्यापक अनियमितता र सेवा सुबिधा खस्कीरहेको आरोप लगाउदै नेकपा बहमुतले बिज्ञप्ती जारी गरेर कारबाही गरिएको बताईएको थियो । कारबाही स्वरुव अध्यक्ष माथी कालोमोसो दलिएको भन्दै अस्पताल भित्रको बेथिती रोक्नुपर्ने माग सहित १० बुद्धे आरोप पत्र उल्लेख गरेका छन ।
अस्पताल बिकास समितिको कार्यालयमा आयोजना गरिएको सर्बपक्षिय बैठकले अस्पतालको सेवा सुचारु गर्ने र दोशी उपर कानुनी कारबाहीका लागी पहलकदमी गर्ने प्रतिबद्धता भएपछि अस्पतालको सेवा सुचारु भएको छ । अस्पतालको सेवा ठप्प पारेर बिहार्नैबाट आन्दोलित कर्मचारीहरुका बिचमा समझदारी बनेपछि २ बजेबाट सेवा सुचारु गरिएको अस्पताल बिकास समिति डडेल्धुराले जनाएको छ ।
घटनाका फरार अभियुक्तहरुलाई यथासिघ्र नियन्त्ररणमा लिनका लागी प्रहरी परिचालन भईरहेको भएपनि अहिले सम्म पक्राउ नपरेको प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिहले जानकारी दिनुभयो । खोजीकार्य ब्यापक भएपनि अहिले नियन्त्ररणमा आउन नसकेको उहाले जानकारी दिनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।