Amargadhi Post

सहायक सिडिओको नेतृत्वमा आयल स्टोरमा अनुगमन

लक्ष्मी ऐर
डडेल्धुरा,पुस २४ गते । डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले बिहिबार डडेल्धुराका दुईवटा आयल स्टोर ( प्रेट्रोल पम्प) मा अनुगमन गरेको छ ।
सुदुरपश्चिमको सात पहाडी जिल्लाको सदरमुकाम नजिकै रहेका दुई वटा आयल स्टोरको अबस्था के कस्तो छ ? के कसरी बितरण गरिदैछ अबस्था के कस्तो छ भन्दै अनुगमन गरिएको जनाएको छ । अनुगमन टोलीले आयल स्टोरको पेट्रोल र डिजेलको सेम्पल परिक्षणका लागी समेत बिधी बिज्ञान प्रयोगशाला पठाएको छ । पेट्रोल र डिजेलमा मिसावट छ की छैन भन्ने उदेश्यले परिक्षणका लागी सिम्पल पठाईएको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो ।
पेट्रोलको मुल्य अभिबृद्धी हुदाँ तेल सहज रुपमा पाउन सकिने र तेलको मुल्य घटदा सहज रुपमा पाउन नसक्ने गुनासो आउन थालेपछि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बताएको छ ।


पेट्रोलको सहज उपलब्धताका लागी समेत दुबै पेट्रोल पम्पका संचालकहरु संग छलफल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सयोजक अमरबहादुर ओलीले जानकारी दिनुभएको छ । पेट्रोलको अभाब हुन नदिनका लागी समेत उहाँहरुलाई आग्रह गरिएको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।