Amargadhi Post

बैतडीमा ट्रक दुर्घटना, एकको मृत्यु

महाकाली राजमार्गमा बिहीवार बिहान ट्रक दुर्घटना भएको छ। ट्रक दुर्घटनामा १ जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीवार बिहानै ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो।

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ। ट्रक धनगढीवाट दार्चुलातर्फ गइरहेको थियो। ट्रक सडकवाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।