Amargadhi Post

डा.गोबिन्द केसीद्धारा अनसन स्थिगित

लक्ष्मी ऐर
डडेल्धुरा,कात्तिक २६ गते । डडेल्धुरामा ९ दिनदेखि अनसरत डा.गोविन्द केसीले आज देखि आफ्नो अनसन स्थगित भएको घोषणा गरेका छन । अनसन स्थलमै पत्रकार सम्मेलन गर्नुभएका डा.केसीले मुलुकमा राष्ट्रियताको मुद्धा उठेकाले हालका लागी अनसन स्थिगित भएको बताउनु भएको छ ।
गत सोमबारदेखि सातबुँदे माग सहित आफ्नो १७ औँ पटकको सत्याग्रह डडेल्धुराबाट थालेका डा.केसीले चार बर्षिया बालकको हातबाट जुस लिएर अनसन तोडेका छन ।
भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमीसिमा क्षेत्रको लिम्पियाधुरा,लिपुलेक,कालापानीलाई आफ्नो नक्सामा राखेको बिषयले आफुलाई स्तब्ध बनाएको बिज्ञप्तीमा जनाएका छन । नेपाली भुमीलाई आफ्नो नक्सामा समेटेर राष्ट्रियतामाथी भारतले बोलेको धावाका बिरुद्ध सबै एकजुट हुनुपर्ने बेला आएकोले आफुले उठाएको चिकित्सा क्षेत्रका मागलाई हाल स्गिगित गर्न बाध्य भएको डा.केसीले जानकारी गराउनुभएको छ ।
राष्ट्रियताको संवेदनशील विषय देशभर उठ्दैआएकाले यसलाई बुलन्द रुपमा अघि बढाउनका लागी जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णयमा पुगेको केसीको भनाई छ । डा.केसीलाई सोमबार शिक्षा मन्त्री गिरिरराजमणि पोखरेलले लिपुलेकको विषय उठिरहेकाले तत्कालका लागी राष्ट्रियताका सवालमा सरकार अघि बढीरहेकाले सहयोग गर्न आग्रह गरेपछि उहाँले अनसन स्थिगित गरिएको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।