Amargadhi Post

शल्यक्रियापछि महिलाको मृत्यु प्रकरणमा केजी हस्पिटलसँग स्पष्टीकरण माग,अस्पताल भन्छ ः गर्ने के ?

अमरगढी पोष्ट समाचार
कैलाली,साउन,२६ गते । धनगढीस्थित केजी हस्पिटलमा मृगौलाको शल्यक्रियापछि कञ्चनपुरकी ५० वर्षीया समानी चौधरीको मृत्यु भएको घटनाबारे स्वास्थ्य कार्यालय कैलालीले छानबिन सुरु गरेको छ ।
शल्यक्रियामा सेती प्रादेशिक अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत युरोलोजिस्ट डाक्टर अरुण पाण्डेको संलग्नताबारे प्रश्न उठेपछि स्वास्थ्य कार्यालयले हस्पिटलसँग लिखित स्पष्टीकरण मागेको हो।
स्वास्थ्य कार्यालय कैलालीले सोमबार हस्पिटललाई तीन बुँदे पत्र पठाउँदै उपचार तथा शल्यक्रियासँग सम्बन्धित कागजात उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य कार्यालयले पठाएको पत्रमा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार आकस्मिक शल्यक्रिया सेवा दिन सकिने भए पनि विशेषज्ञ सेवा प्रदान गर्ने विषयमा स्पष्टता आवश्यक रहेको उल्लेख गरिएको छ।
कार्यालयले चौधरीमाथि कस्तो प्रकृतिको शल्यक्रिया गरिएको थियो भन्ने विवरणसहित उपचारसम्बन्धी सम्पूर्ण कागजातको प्रतिलिपि मागेको छ। त्यसैगरी, शल्यक्रियामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम, शैक्षिक योग्यता, नेपाल मेडिकल काउन्सिल नम्बर र सम्पर्क विवरण उपलब्ध गराउन भनिएको छ। डाक्टर अरुण पाण्डेसँग हस्पिटलले गरेको सम्झौताको प्रतिलिपिसमेत पेश गर्न पत्रमार्फत निर्देशन दिइएको छ।
स्वास्थ्य कार्यालयका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य विष्टका अनुसार हस्पिटललाई तीन विषयमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न समय दिइएको छ। हस्पिटलबाट स्पष्टीकरण प्राप्त भएपछि त्यसको अध्ययन गरेर घटनाबारे थप प्रक्रिया अघि बढाइने विष्टले जानकारी दिएका छन । कञ्चनपुरको कृष्णपुरकी चौधरी गत बिहीबार उपचारका लागि केजी हस्पिटलमा भर्ना भएकी थिइन्। मृगौलाको पत्थरीको शल्यक्रियापछि उनको मृत्यु भएको थियो। उता केजी अस्पतालका डा.दिपक सिहले घटना प्रति स्तब्ध रहेको तर उपचार गर्दा गर्दे बिरामीको मृत्यु भएको घटना एकसय मा यस्तो समस्या हुने गरेको दाबी गर्छन ।

 उनले उपचारमा चिकित्सकको लार्पवाही भनिएको आरोप लागेपनि मृतकमा शल्यक्रिया पछि हार्टअट्याकको सम्भाबना देखिएको बताउनुभयो । घटनाका बिषयमा सम्बदेशिल भएको र पिडितलाई राहत स्वरुप सहयोग गरिएको भएपनि त्यो लाई अनर्थ लिन नहुने बताउनुभयो । घटनापछि हस्पिटलले मृतकका परिवारलाई २२ लाख रुपैयाँ दिएर घटना मिलाएको विषय स्विकार गर्नुहुदै डा सिहले सबैको सहयोग र सदभाबको अपेक्षा गरिएको बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।