Amargadhi Post

रिपोर्टरको डायरी ः त्यो बाढी, यो विनाश

भोटेकोशी बाढीमा घर, परिवारजन र आफन्त गुमाएका थिए तर ‘भोकै हुनुहुन्छ होला ’ भनेर हाम्रो पनि चिन्ता गरिरहेका थिए । कतै खाना बनाएर हामीलाई खुवाए । कोही त शोकमा हुँदाहुँदै हामीलाई बाटो देखाउन साथै लागेर हिँडे ।

विमल खतिवडा
रसुवा,भदौं २१ गते । गत वर्षको बाढीको तुलनामा यस पटक ल्हेन्दे खोलाको बाढी अत्यन्त विनाशकारी बन्यो, जसले रसुवा र नुवाकोटका बस्ती, सडक, सञ्चार तथा सयौँ परिवारको जीवन तहसनहस पार्‍यो। स्थलगत रिपोर्टिङका क्रममा पत्रकारहरूले बाटोविहीन पहिरो, भोक–प्यास, सञ्चारविहीनता र बाढीपीडितको असह्य शोकबीच बेपत्ता आफन्त, घरबारविहीन परिवार र राज्यको कमजोर उपस्थितिको पीडा देखे।
विस्थापितहरू राहत र सुरक्षित पुनःस्थापनाको पर्खाइमा छन्, जबकि वर्षौंदेखि सुरक्षित स्थानमा सार्न गरिएको आग्रह नसुन्दा भएको मानवीय क्षतिले राज्यको उदासीनता उजागर गरेको छ। नुवाकोट र रसुवाबाट फर्किएपछि — २४ असार २०८२ । रसुवागढी नाकामाथि ल्हेन्दे खोलाबाट आएको बाढी आयो । बाढीमा परेर ११ जनाको ज्यान गयो भने १९ जना बेपत्ता भए । बाढीपछि स्याफ्रुबेंसी–टिमुरे खण्डको सडक र सञ्चार सम्पर्क नै टुट्यो । पूरापूर क्षति यकिन हुन सकेको थिएन ।

यति ठूलो बाढीको स्थलगत रिपोर्टिङ गर्नुपर्ने भनेर कान्तिपुरको न्युजरुममा छलफल चलेछ । तर जाने को

दिउँसो १ बजेतिर तत्कालीन जिल्ला ब्युरो प्रमुख स्वरूप आचार्यको फोन आयो, ‘तिमी कहाँ छौ रु तत्काल अफिस आउनुपर्‍यो ।’

म रिपोर्टिङका लागि सिंहदरबारमा थिएँ । मैले ‘एकछिनमा आउँदा हुँदैन रु’ भनेर सोधें । जवाफमा

‘उमेश दाइसँग कुरा गर’ भन्दै उहाँले फोन दिनुभयो । तत्कालीन प्रधानसम्पादक उमेश चौहानले ‘कहाँ छौ रु अफिस आइहाल, तिमी रसुवा जानुपर्ने भयो’ भन्नुभयो । बाढीको रिपोर्टिङका लागि हो भन्ने मैले बुझिहालें । मैले ‘हुन्छ’ भनें ।

च्भउयचतभच’क म्ष्बचथस् त्जबत ँयियम, त्जष्क म्भकतचगअतष्यलम रिपोर्टिङका लागि त्यति टाढा तयारीसाथ घरबाट हिँडेको थिइनँ । छालाको जुत्ता र सामान्य पोसाकमा थिएँ । म पैदलै थापाथलीस्थित अफिस पुगें । फोटो ब्युरोबाट सहकर्मी अंगद ढकाल जान तयार भइसकेका रहेछन् । कान्तिपुर टेलिभिजनबाट क्यामेरामा सुरज खड्का र रिपोर्टिङमा धादिङका पोषनाथ अधिकारी तयार थिए ।
म एकसरो लुगाकै भरमा बाढीको रिपोर्टिङमा जाने भएँ । टुथ ब्रस, मोबाइल चार्जरसहितको झोला त सधैं मेरो साथमै हुन्छ । अपराह्न ४ बजेतिर हाम्रो टोली रसुवातर्फ प्रस्थान गर्‍यो । त्यो दिन अबेर भइसकेकाले नुवाकोटको विदुरमा बास बस्यौं ।

भोलिपल्ट स्याफ्रुबेंसीबाट माथि टिमुरेतर्फ १५।५ किलोमिटर पैदल जानुपर्ने थियो । बाटो हिलाम्य थियो । छालाका जुत्ता मैले स्याफ्रुबेंसीमै छाडें । नयाँ जुत्ता किनें । त्यसपछि टिमुरेतर्फ लाग्यौं ।

टिमुरे पुग्नै लाग्दा लिङलिङको भीरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा डोरीमा झुन्डिएर पहिरो छिचोल्यौं । थुम्कामा रहेको टिमुरे बजार बाढीबाट जोगिएको थियो । मितेरी पुल, भन्सार यार्ड, सडक र केही जलविद्युत् आयोजनामा बाढीले क्षति गरेको थियो । त्यो बेला बाढी अहिलेको जस्तो विनाशकारी थिएन । त्यस बेला रिपोर्टिङ गर्न सहज भने थिएन ।

यात्राको कष्ट त छँदै थियो, बाढीको त्रास पनि उत्तिकै थियो । यहीबीच रिपोर्टिङ सकेर सकुशल काठमाडौं फर्कियौं । १४ महिनापछि १० भदौमा ल्हेन्दे खोलाबाटै बाढी आयो तर विनाशकारी । यस पटक भने बाढीको खबर घरमै सुनेकाले रिपोर्टिङमा जान मानसिक रूपमै तयार भई झोलामा एकजोर लुगा बोकेर अफिस आएँ । नभन्दै स्थलगत रिपोर्टिङ गर्न जानेमा न्युजरुमले मेरै नाम तय गर्‍यो । पोहोर असारमा रसुवामै बाढीको रिपोर्टिङमा जाँदा स्याफ्रबेंसीनेर किनेको जुत्ता फाटेको थिएन । त्यही जुत्तामा म थिएँ । यो पटक पनि फोटोबाट पोहोरकै सहकर्मी अंगद थिए । ‘द काठमान्डु पोस्ट’बाट अर्जुन पौडेल, कान्तिपुर टेलिभिजनबाट विकास आचार्य र हेम प्रसाईं पनि थिए ।बाढी आएकै दिन ४ बजे हामी बाटो लाग्यौं । बाटामा खहरे खोलाको बाढीका कारण एक घण्टा रोकियौं ।

राति ८ बजे बल्ल नुवाकोटको विदुर पुग्यौं । त्रिशूली नदी किनारको बस्ती सबै बाढीले बगाएको थियो । जोगिएका अलि मास्तिरका होटल र बस्तीमा बस्न पनि जोखिमपूर्ण थियो । सुरक्षित मानिएका ठाउँका सबै होटल सबै प्याक थिए । हामीले सुरक्षित ठाउँको होटलमा बसेर काम गर्नु थियो । बाढीपछि नुवाकोटमा विद्युत् आपूर्ति ठप्प थियो । मोबाइलमा घरीघरी मात्र नेटवर्क देखाउँथ्यो । फोन सम्पर्क हुन एकदमै गाह्रो थियो । जेनेरेटर भएको होटल खोज्यौं । केहीबेरमा गंगटे भन्ने ठाउँमा ‘हारती क्राउन होटल’ फेला पार्‍यौं । त्यहाँ एउटा मात्रै कोठा थियो, त्यसमा सबै जना अटाउनुपर्ने भयो । संयोगले बेड पाँच वटा नै रहेछन् । सहकर्मी विकासले कुरा गरेर होटल मिलाएका थिए ।

राति अबेर पुगेकाले त्यो दिन हामीले खासै काम गर्न सकेनौं । गाडी काठमाडौंतिर फर्कायौं । भोलिपल्ट गंगटेदेखि पैदलै मैथलीस्थित नेपाली सेनाको तालिम केन्द्र पुग्यौं । त्यहाँ बाढीपछि सम्पर्कविहीन भएकाहरूका आफन्तजन जम्मा भएका थिए । उनीहरू बेपत्ताको खोजीका लागि आग्रह गर्दै नेपाली सेनालाई नाम टिपाइरहेका थिए । कोही रोइरहेका थिए । त्यही भीडमा पसेर हामीले केही मानिससँग कुरा गर्‍यौं ।

करिब दुई घण्टा तालिम केन्द्रमा बिताएपछि त्रिशूलीको ढुंगेबजार पुग्यौं । त्यहाँको बस्ती बाढीले बगाएको थियो । पुल थिएन । वारिपारिको सम्पर्क टुटेको थियो । त्यहाँ केहीबेर रिपोर्टिङ गरेर पुनः होटल फर्कियौं अनि समाचार लेख्न कस्सियौं । समस्या विद्युत्को थियो, होटलको जेनेरेटर पनि बन्द थियो । झन् गर्मी भनिसाध्य थिएन ।

होटल सञ्चालकले हाम्रो समस्या सहजै बुझिदिए । ल्यापटप, मोबाइल र पावर बैंक चार्ज गर्न एक घण्टाका लागि जेनेरेटर चलाइदिए । त्यसपछि समाचार लेख्यौं, भिडियो तयार पार्‍यौं । फेरि आधा घण्टा जेनेरेटर चलाइदिन आग्रह गर्‍यौं । त्यस अवधिमा समाचार लेखेर अफिसमा पठाउन भ्यायौं ।

भोलिपल्ट रसुवा जाने योजना बनायौं । त्यसका लागि हामीले अफिसबाट गाडी मगायौं । साँझ कालिका गाउँपालिका स्थायी घर भएका हिमाल खबरका रमेशकुमारलाई हामी बसेकै होटलमा भेट्यौं । सँगै थिए पत्रकार अरुण कार्की । रमेशकुमारसँग रसुवा जाने बाटोबारे जानकारी लियौं ।

बिहान काठमाडौंबाट गाडी आइपुग्यो । त्यसपछि हामी रसुवाका लागि प्रस्थान गर्‍यौं । सूर्यगढी गाउँपालिकाको कार्यालयभन्दा केही पर पुगेपछि पहिरो भेटियो । अगाडि जान सकिने अवस्था रहेन । त्यसपछि हामी बेत्रावतीतिर जाने बाटो पहिल्याउनतिर लाग्यौं । विदुरको बितलब पुग्दा बाढीमा परेर हराइरहेका आफन्तको कुशको शव बनाएर दाहसंस्कार गर्ने तयारी हुँदै थियो । रुवाबासी थियो । बाढीमा आफन्त गुमाएका एक जनाले हामीलाई भन्दै हुनुहुन्थ्यो, ‘तपाईंहरू भोकै हुनुहुन्छ होला, एक छाक भात खुवाउन सक्छौं, खाएर जानुस् ।’ त्यो शोकमा हामीलाई कुनै भोक थिएन । उहाँहरू नै घरबारविहीन बनेर आफन्तको शरण लिएर बस्नुभएको थियो । बाढीबाट जोगिएका अधिकांश एकसरो लुगाको भरमा थिए । त्यहाँ कर्मकाण्ड चल्दै गर्दा हामीलाई बेत्रावतीसम्म पैदल पुर्‍याउन केही युवा तयार भए । त्यसमध्ये एक थिए– प्रमोद रिजाल ।

बाटो लाग्नुअघि उनले आफ्नो मोबाइल फोनमा एउटा भिडियो देखाउँदै भने, ‘लु हेर्नु, मेरी छोरी कसरी खेलिरहेकी छ, हजुरबा–आमासँग ।’ भिडियोमा ७ वर्षीया छोरी प्रज्ञाश्री हाँस्दै रमाइरहेकी थिइन् । छोरीका साथी थिए– ७२ वर्षीय हजुरबा शिवप्रसाद र ६९ वर्षीया हजुरआमा भक्तकुमारी । छोरी खेलिरहेको भिडियो देखाउँदा देखाउँदै उनका आँखा आँसुले भरिएका थिए । हाम्रा आँखा पनि रसाए । बोल्न सकेनौं । प्रमोदका छोरी र बुबाआमा आंगिटार बेत्रावतीको घरमा रहेका बेला बाढीमा परेका थिए ।

गेर्खुभन्दा तल डाँडामा गाडी पार्किङ गरेर हामी पैदल अगाडि बढ्यौं । बाटो थिएन । घारी पन्छाउँदै हिँडिरह्यौं । उकालो–ओरालो । घरी पहिरो छिचोल्दै कष्टपूर्ण तरिकाले दाबिले पुग्यौं । साथमा बोकेको पानी सक्किसकेको थियो । जंगलको बीचमा रापिलो घामले बेहोस भइएला कि भन्ने डरउस्तै थियो । फेरि यही दिन ९१२ भदौ० मा १० भदौको भन्दा ठूलो बाढी आउँदै छ भन्दै हाम्रो साथमा रहेकालाई आफन्तले फोन गरिरहेका थिए । हाम्रो मोबाइलमा पनि बाढी आउँदै छ, सचेत रहनू भन्दै मेसेज बजिरहेको थियो । घरपरिवारबाट ‘बाढी आउँदै छ रे फेरि, जोगिनु है, खोलामा नजानू’ भन्दै फोन आइरहेको थियो ।

हामी नजिकै डाँडामा उभियौं । सँगै गएका प्रमोदले तल बाढीमा पुरिएको घर देखाउँदै भने, ‘त्यही घरभित्र

मेरा बुबा–आमा र छोरी पुरिएका छन्, निकाल्न सकिनँ ।’ उनले छोरी पढ्ने स्कुल पनि देखाउँदै भने, ‘त्यसलाई पनि बाढीले छाडेन ।’

हामी प्रेमबहादुर र मैया तामाङको घर पुग्नासाथ यत्रतत्र भुइँमा ढल्यौं । हामीले बोतलमा पानी भर्‍यौं । केही समय आराम गरेर वरिपरि नियाल्दा कुनै घर सग्ला देखिएनन् । बेत्रावती बजार बगर बनेको थियो । अधिकांश घर पुरिएका थिए । कतै ठूलठूला घर खोलामा लडेको देखिन्थ्यो ।

तामाङ दम्पतीको घर त्यस क्षेत्रमा आफन्त हराएका, बाढीमा परेका र बाढीबाट जोगिएकाहरू बस्ने ‘सेल्टर’ जस्तै बनेको रहेछ । हामी पुग्दासम्म उनीहरूले करिब दुई सय जनालाई आश्रय दिइसकेका रहेछन् । यही घरमा आश्रय लिएर बसिरहेकी आंगिटारकी पासाङ तामाङले हामीलाई निबुवा काटेर खुवाइन् । उनैले सोधिन्, ‘भोकै हुनुहुन्छ होला, खाना पकाऊँ कि रु’ हामीले ‘पर्दैन’ भन्यौं । फेरि उनैले सोधिन्, ‘चाउचाउ बनाउँछु, खानु न । टाढाबाट आउनुभएको होला ।’ हामीले ‘हुन्छ’ भन्यौं । आश्रय लिएर बसेका अरूले उनलाई चाउचाउ बनाउन सघाए । उनीहरूलाई मैले सोधें, ‘बाढीमा तपाईंहरूका कोही आफन्त त पर्नुभएको छैन नि रु’ जवाफ आयो, ‘पासाङको पाँच वर्षको छोरा अहिलेसम्म भेटिएको छैन ।’ पासाङका अनुसार उनी पाँचवर्षे छोरालाई घरमाथिको विद्यालय छोडेर फर्किंदै थिइन् । अचानक त्रिशूली नदीमा लेदो माटोसहितको कालो मुस्लो बग्दै आएको देखिन् । छोरालाई बचाउन भन्दै खेतैखेत कुदिन् । उनी नपुग्दै घर, सडक, छिमेकीलाई सोहोर्दै बाढी विद्यालयतिर पुग्यो ।

स्कुल पुगेका धेरै विद्यार्थी भागिसकेका थिए । उनकै अनुसार हेर्दाहेर्दै विद्यालय जाँदै गरेका र विद्यालय हातामै रहेकालाई बाढीले बगायो । ‘पाँच वर्षको बच्चा भेट्नुभयो भने ल्याइदिनुस् है । ऊ हाम्रो एकमात्र सन्तान हो, सपनाको संसार थियो,’ हामीसँगको संवादका क्रममा यति भनेकी मात्र के थिइन्, उनी भक्कानिइन् । एकोहोरो बिलौना गरिरहिन् । त्यहाँ रहेका सबैका आँखा रसाए । यत्रो ठूलो बज्रपात हुँदा पनि आफूलाई सम्हालेर उनले हाम्रो भोकप्यासप्रति चासो राखिरहिन्, जुन कुराले अझ बढी भावुक बनायो । हामी फेरि पैदल लाग्यौं । त्यतिबेलासम्म गाउँमा संघ, प्रदेश र स्थानीय सरकारको कुनै उपस्थिति थिएन । राहत पुगेको थिएन । १३ भदौको कान्तिपुरमा हामीले लेखेको ‘गाँस न बास, भग्नावशेषमा आफन्तको लास’ शीर्षकको समाचार छापिएपछि धेरैतिरबाट फोन आयो । चिनेजानेकाले फोन गर्दै बाढीमा हराइरहेका आफन्त खोजिदिन आग्रह गरे । कतिपयले त बाढीमा हराइरहेका आफन्तको अवस्था प्रहरी, सेना र जिल्ला प्रशासनमा बुझिदिन पनि भन्दै थिए । मैले आफ्नोतर्फबाट बुझ्ने प्रयास गरें तर खोजतलासमा खटिएकाहरू अनभिज्ञ थिए ।

अर्को दिन रसुवा जाने प्रयास गर्‍यौं, पहिरोले सकिएन । फेरि तेस्रो दिन १५ भदौमा हामी रसुवा जान तयारी गर्दै थियौं । बिहान साढे ४ बजे सबै जना हिँड्न मात्र के आँटेका थियौं, होटल अगाडिको डाँडामा निकै हल्लाखल्ला थियो । कोही लाइट बालेर कुदिरहेका थिए, कोही यता आउनु भन्दै कराइरहेका थिए । यही दृश्य नियाल्दै गर्दा हाम्रो मोबाइलमा अलर्ट म्यासेज आयो– ‘भोटेकोशीमा ठूलो बाढी आउँदै छ, सतर्क रहनुहोला ।’ हामी बाढी आएछ भने त्यतै हेरौंला भन्दै ढिकुरेबाट ५ घण्टाको यात्रामा रसुवाको उत्तरगया गाउँपालिका पुग्यौं । हामी बेत्रावती बजार पुग्दा भवन यत्रतत्र लडेका थिए । घरभित्रबाट कुहिएको शवको दुर्गन्ध आइरहेको थियो । खोला बढिरहेको थियो । सहकर्मी अर्जुन पौडेलका धेरै आफन्त बाढीमा पर्नुभएको थियो ।

बेत्रावती बजारको दृश्य देखेर उहाँ कापिरहनुभएको थियो । त्यसपछि उत्तरगया गाउँपालिकाकै लहरेपौवाको होल्डिङ सेन्टर पुग्यौं । जहाँ एउटै व्यक्तिका ७ जनासम्म आफन्त बाढीमा परेको सुन्यौं । कसैको आमाबुबा, कसैका छोरा–छोरी, कसैका दिदी–बहिनी, कसैका दाजु–भाइ बाढीमा परेका थिए । रसुवा आउनुस् भनेर आँट दिने सामाजिक अभियन्ता एवं स्थानीय विश्वास नेपाली पनि त्यहीं थिए । त्यहाँ बच्चाहरूका हातमा चाउचाउका प्याकेट मात्र थिए । त्यसैले उनीहरूले भोक मेटाइरहेका थिए । अरूतिर पनि बच्चाले चाउचाउमात्रै बोकेको भेटिन्थ्यो । नौबिसे बेत्रावतीकी रन्जिना तामाङले चार बच्चा बाढीबाट जोगाएको सुनाइन्, जुन कुनै फिल्मी दृश्य

जस्तै लागिरहेको थियो । बाढीबाट उनले चार महिनाको छोरा पनि जोगाइन् । तर बाढीले सबै सम्पत्ति बगायो । आफन्त लग्यो । दमकी रोगी उनीसँग नियमित सेवन गर्ने औषधि थिएन । औषधि किन्न पैसा थिएन । किन्न जाने पनि ठाउँ थिएन । यी समस्या सुनाइरहँदा उनका आँखा ओभाना थिएनन् ।

त्यहाँ बालबालिका, वृद्धवृद्धा र सुत्केरी सबैलाई एउटै कोठामा राखिएको थियो । त्यहीं थिए उत्तरगयाको खाल्टेका ४३ वर्षीय पूर्णबहादुर घले । उनी भावुक हुँदै बाढीमा को–को परे, को–को जीवित छन् भन्दै टिपोट गर्दै थिए । उनी गाउँ कार्यपालिका सदस्य हुन् । यसअघि ०७४ सालमा उनी त्यही वडामा सदस्य निर्वाचित भएका थिए । उनले १० भदौको बाढीमा ७ आफन्त गुमाएका रहेछन् । खाल्टे, गोगने, तिरु, कारमाराङ क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको उनले सुनाए । ‘खै के भनूँ, मसँग भन्ने कुरा पनि छैन,’ गहभरि आँसु पार्दै उनले भने, ‘दिमागले कामै गरिरहेकै छैन ।’ खाल्टेमा करिब ३ सय घरधुरी थिए । अहिले कुनै पनि घर सग्ला छैनन् । ‘०७२ को भूकम्पबाट पीडित हौं, त्यो बेला ज्यान जोगायौं,’ उनले भने, ‘सरकारलाई सुरक्षित ठाउँमा सार्न आग्रह गर्दै सय पटकभन्दा बढी त सिंहदरबारमा पुगें होला । हुन्छ–हुन्छ मात्र भनिरहे, कहिल्यै सारेनन् । सुरक्षित ठाउँमा सारेको भए आज यति ठूलो मानवीय क्षति पक्कै हुँदैन थियो ।’ सुरक्षित ठाउँमा सार्न आफूहरूले विगतमा गरेको हारगुहार संघ सरकारले नसुनेको खबर जस्ताको तस्तै राजधानीसम्म पुर्‍याइदिन उनले आग्रह गरे । हामी फेरि विदुरतर्फ नै लाग्यौं । पोहोर टिमुरेसम्म पुगेका हामी यो पटक उत्तरगयाबाटै फर्कियौं । फर्किंदै गर्दा मनमा एउटा कुरा खेलिरह्यो– के अब यो क्षेत्र पहिलाकै अवस्था आउन सक्ला रु पहिलाकै जस्तो चहलपहल होला

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।