Amargadhi Post

देउवाको गृह जिल्ला डडेल्धुरामै काँग्रेसका वडा अधिबेशन सम्पन्न

लक्ष्मी ऐर –

डडेल्धुरा असोज ४ गते । नेपाली कांग्रेसका पूर्वसभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आईतबार अधिकाँस वडा अधिबेशन सम्पन्न भएका छन । काग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साँउदले अधिबेशनमा सहभागी हुन लिखित सर्कुलर जारी गरेपछि अधिकाँस वडाहरुमा अधिबेशन भईरहेका छन । सभापति साँउदको सर्कुलरका बिरुद्धमा पार्टी उउसभापति डील्लीराज जोशी उभिएपनि अधिबेशनहरु प्राबिधिक कारणले केही वडामा हुन नसकेपनि अधिकासमा अधिबेशन सम्पन्न भएको बताईएको छ ।
डडेल्धुराका ५२ वटा वडाहरु मध्ये अधिकासमा सम्पन्न भएको केही वडामा अधिबेशन भईरहेको काग्रेस सभापती भिमबहादुर साँउदले जानकारी दिनुभएको छ ।
काग्रेस केन्द्रीय सभापति गगन थापाले घोषणा गरेको वडा अधिबेशन ३ र ४ गते र शेरबहादुर देउवा पक्षिय काँग्रेसले १५ र १६ गते वडा अधिबेशनको मिती तयगरेपछि बिबाद सिर्जना भएको छ ।
दुईपक्षका बिचमा सहमती हुन नसकेपछि आईतबार वडा अधिबेशनमा पार्टी नेतृत्वले सर्कुलर गरेर अधिबेशन गर्न उर्दिजारी गरेको थियो । उनको पक्षमा पुर्ब सभापति रघुबर भटट,पुर्ब मन्त्री गोबिन्द बोहरा,पुर्ब उपसभापति कैलास कुमार पाण्डेय,काँग्रेस केन्द्रीय सदश्य नैनसिह महर, अमरगढी नगरपालिकाका पुर्ब मेयर मोहनराज पाठक जिल्ला सह सचिब गोबिन्द बोहरा, प्रेम महर,हरिप्रशाद भट्ट र करुणाकर भट्ट रहेका छन ।
उता जिल्ला उपसभापति डील्ली राज जोशी नेतृत्वको टीमले अधिबेशनमा सहभागी नहुन उर्दिजारी गरेको थियो । उनीहरुले एकताको अधिबेशन बिना गरिने अधिबेशनमा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई सर्कुलर जारी गरेपनि वडा अधिबेशन भएरै छोड्यो । १५ गतेको वडा अधिबेशनमा सहभागी हुन समेत आग्रह गरेका छन । उनीहरु प्रष्ट रुपमा देउवा पक्षको महाधिबेशनमा सहभागी हुने तयारीमा जुटेका छन । देउवा पक्षमा खुलेर लागेका नेताहरुमा उपसभापति लक्ष्मीप्रशाद अबस्थी,शेरबहादुर भण्डारी,प्रदेश सभा सदश्य सरस्वती खड्का र युबा नेता जगत ऐर देखिएका छन ।
बिपी काग्रेसबाट फर्किएका पुर्ब सभापति कर्णबहादुर मल्ल भने दुईटै अधिबेशन बहिष्कारमा उत्रिएका छन । उनीपक्षिय नेताहरु भने अधिबेशनमा सहभागी भएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।