Amargadhi Post

निर्माण ब्याबसायीको आरोप ः अख्तियारको परिपत्रलाई समेत स्थानिय तह टेरर्देनन

लक्ष्मी ऐर
डडेल्धुरा,मङसिर २३ गते । भौतिक निर्माण तथा पुर्वाधार विकासका योजनामा स्थानिय तहहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्रलाई समेत वास्ता गर्न छोडेको निर्माण ब्याबसायी संघ डडेल्धुराको आरोप छ ।
स्थानिय तहहरुले आफु खुसी नियम मिचेर काम गर्दै आएको भएपनि पटकपटक त्यस्तो नगर्न आग्रह गर्दा समेत बेवास्था गरिएको उनीहरुको गुनासो छ ।
स्थानिय तहमा प्राबिधिक अभाब र प्रयोगशालाको अभावमा र उपभोक्ता समितीहरु मार्फत भईरहेका कामहरु गुणस्तर हुन नसकेको निर्माण ब्याबसायीहरुको आरोप छ । उपभोक्तासमिति मार्फत गरिने कामहरुमा डोजर,स्काभेटर प्रयोग भईरहेकोमा आपत्ती जनाउदै स्थानियहरुको रोजीरोटी खोसीएको प्रति समेत स्थानिय तहहरुले ध्यान दिन नसकेको निर्माण ब्याबसायी संघ डडेल्धुराका अध्यक्ष जयबहादुर ऐरको भनाई छ । उपभोक्ताका नाममा योजना सम्झौता हुने र घुमाई फिराई निर्माण ब्याबसायी मार्फत अप्रत्यक्ष रुपमा स्काभेटर प्रयोग गरेर काम भईरहेकोले यस्लाई रोक्नुपर्नेमा निर्माण ब्याबसायीहरुको जोड थियो ।
निर्माण व्यवसायी संघ डडेल्धुराले आईतबार पत्रकार सम्मेलन मार्फत स्थानीय तहहरुले स्काभेटर र डोजर प्रयोग गरेर काम गराउने र बिल भुक्तानी डोरहाजिर मार्फत गर्ने परिपाटीको अन्त्य गर्नु आबश्यक रहेको ऐरको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोग तथा मन्त्रालयको निर्णय समेत अवज्ञा गरि स्थानिय तहले ग्रामिण सडक लगायत अन्य विकासका काम उपभोक्ता समिती मार्फत गराएको साथै आयोजनाको वातावरणिय प्रभाव मुल्यांकन नगरी बोलपत्र सुचना आह्वान गर्ने परिपाटीको समेत बिरोध गरेको छ ।
खरिद ऐनका विषयमा देश भरी आन्दोलन थालेको निर्माण व्यवसायीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र भौतिक पुर्वाधार निर्माण मन्त्रालयमा नँया मन्त्रि पाएकाले समन्वय गर्ने जानकारी पछि हाललाई आन्दोलन स्थगित गरिएको निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष ऐरले जानकारी गराउनुभयो ।
आईतबार स्थापना भएको १२ बर्ष पुगेको अवसरमा निर्माण व्यवसायी संघ डडेल्धुराले डडेल्धुरा अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरि मनाएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।